जन आन्दोलन पार्टीले दुइ दिन संसद घेर्नेः सबैलाई अंशग्रहण गरिदिने हर्कले गरे अपिल

कालेबुङः राज्य सभामा गोर्खाल्याण्ड मुद्दाबारे सबैको ध्यानाकर्षण गराउन जन आन्दोलन पार्टीले आउने हप्ता दुइ दिन संसद घेराउ गर्ने कार्यक्रम बनाएको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले जन्तरमन्तरदेखि अब गोर्खाल्याण्डको आवाज संसदसम्म पुग्नुपर्ने बताएका छन्।

‘सोमबार र मङ्गलबार संसद घेराउ गरिनेछ, दिल्लीका गोर्खाहरू, जीएसएसएस, जीएमसीसीका सबै सदस्य अनि अन्य सङ्गठनहरूलाई पनि यसमा सहभागी बनिदिने अपिल गर्छु,’ डा. छेत्रीले भनेका छन्, ‘संसदमा हाम्रो बहुमत प्रदर्शन गरिनु अनिवार्य छ।’

डा. छेत्रीले गोर्खाल्याण्डको मुद्दाबारे केन्द्र सरकारले मुख खोल्नुपर्ने बताए। ‘संसद ‘सत्र जारी छ, यही सत्रमा मुद्दाको उठान हुनुपर्छ। सही समय सही मुद्दा उठाइएन भने हामी जनतालाई न्याय दिन सक्तैनौं,’ छेत्रीले भने, ‘हामी एक कदम अघि बढौं, केन्द्रलाई चाप दिऊँ, जो अहिलेसम्म भएको छैन।’

गोर्खाल्याण्डको निम्ति जापको यो पहिलो कार्यक्रम हो, यस अघि जाप मोर्चाको कार्यक्रमतिर मात्र संलग्न थियो। आफै भने केही गरिरहेको थिएन। जीएमसीसीले कुनै पनि एकल दलले एक्लै होइन जीएमसीसीमार्फत नै कुनै पनि कार्यक्रम गर्नुपर्ने बताए पनि पहिले जाप अनि आज मोर्चाले 1 अगस्तदेखि यता पहिलोपल्ट एक्लाएक्लै कार्यक्रमहरूको घोषणा गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन