जापका युवाहरूले शुरु गरे सांसदहरूलाई भेटेर गोर्खाल्याण्डको सहमति जुटाउने काम

दिल्लीः पहाडमा भइरहेको गोर्खाल्यान्डको आन्दोलनलाई संसद भवनसम्म पुऱ्याउन जन आन्दोलन युवा एकाईले दिल्लीमा 29 वटै राज्यका सांसदहरुलाई भेट्ने कार्यक्रम शुरु गरेको छ। आज शुरुमा आन्ध्रप्रदेशबाट तेलेगु देशम पार्टीका अगुवा  सांसद मुरली मोहन, उडिस्साबाट बिजु जनता दलका सांसद जिना हिकाका अनि बिहारबाट  जेडी युवाका अगुवा सांसद कुशलेन्द्र कुमारलाई  भेट गरी हाल दार्जीलिङ पहाडमा चलिरहेको गोर्खाल्यान्ड आन्दोलन विषय जानकारी गराउदै गोर्खाल्यान्डको मागलाई सदनमा उठाइदिने र समर्थन गरेर देशभक्त गोर्खालाई न्याय दिलाइदिने अपिल गरिएको छ।

यस भेट्मा पहाड बन्दको 53 दिन भइसकेको, आन्दोलनमा बङ्गाल पुलिसले 9 जना गोर्खाल्यान्ड समर्थक युवाहरूको गोली ठोकी हत्या गरिएको, गोर्खा युवाहरु आन्दोलनमा केन्द्र सरकारको हस्तक्षेपको माग गर्दै गत 15 दिनदेखि भोक हडताल बसिरहेको कुरासितै मानव अधिकारको हनन गर्दै बङ्गाल सरकारले इन्टरनेट सेवा बन्द गरेको, खाध्यन्न सबै रोकेको कुरा पनि सपष्ट बताइएको अमिर बस्नेतले खबरम्यागजिनसित कुराकानी गर्दै बताएका छन्।

‘सांसदहरूले गोर्खाहरुको मागलाई सहयोग गर्ने आश्वासन दिएका छन्,’ बस्नेतले भने, ‘हाम्रो टोलीले गोर्खाल्यान्डको मागमा समर्थन गरिदिने अपिल गर्दै सांसदहरूलाई पत्र दिएको छ। यो कार्य जारी रहनेछ।’

युवा एकाईको टोलीलाई विशाल राईले अगुवाई गरेका छन्।  टोलीमा युवा एकाईका सचिव अमीर बस्नेत, केन्द्रिय समितिका सदस्यहरु पङ्कज छेत्री, अर्पण गुरुङ, नरेश राई, सोनाम लामा, बिरु तामङ, नर्वट लेप्चा, सोङ्देन लेप्चा, विशाल सुब्बा, बिरु तामाङ रहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन