बारूद थापा  विनय समूह गोजयुमोको केन्द्रिय उपाध्यक्ष

दार्जीलिङ 28 मार्च:   गोजयुमो केन्द्रिय समितिका पदाधिकारीहरूले आज गोजमुमो अध्यक्ष विनय तामाङसित एक औपचारिक सभा बसेका थिए भने सोही सभापछि बारूद थापालाई युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको छ।

गोजयुमो केन्द्रिय उपाध्यक्ष नियुक्त हुनसाथ उनले आज पत्रकारहरूसमक्ष विमल गुरूङको रणनीतिविहीन आन्दोलन अनि अदूर्दशिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाएको बताए। ‘विमल गुरूङको रणनीतिबिनाको आन्दोलन अनि अदूर्दर्शिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाए। त्यस्तो परिस्थितिबाट विनय तामाङ अनि अनित थापाले पहाड़लाई बाहिर निकाल्ने काम गरेको छ। उनीहरू दुईको कारणले गर्दा नै पहाड़ अहिले शान्त भएका छन्। पहाड़वासीले राहतको सास फेरिरहेका छन्। यसको निम्ति म सम्पूर्ण पहाड़वासीको पक्षमा विनय तामाङ अनि अनित थापालाई धन्यबाद पनि दिन्छु,’ पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापाले आज यसो भने।

विनय तामाङ अनि अनित थापाले पहाड़लाई बचाउने  सराहनीय काम गरेको  थापाले बताए। बारूद थापालाई केन्द्रिय उपाध्यक्षको रूपमा पाउँदा आफूहरूलाई धेरै खुशी लागेको उल्लेख गर्दै युवा मोर्चा शीर्ष नेतृत्त्वहरू क्रमैले केन्द्रिय अध्यक्ष अमृत योञ्जन, महासचिव तिलक छेत्री अनि केन्द्रिय प्रवक्ता अरूण छेत्रीले पनि उनलाई पार्टीमा स्वागत गरेका छन्। बारूद थापासित आज यी तीनैजना नेतृत्त्वहरू पनि पत्रकारहरूसमक्ष उपस्थित रहेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन