सिंहमारी मोटर सिण्डिकेटको राशिन सहयोग

दार्जीलिङः गोर्खाल्यान्ड समर्थकहरुलाई यस बन्दको समय खाद्य सामग्रीको संकटबाट केही हदसम्म भए पनि बाहिर निकाल्न अघि आए सिंहमारी मोटर सिण्डिकेटका गाड़ी चालकहरु। जसले कैंजले क्षेत्रका लगभग 180 परिवारलाई 7 किलो र 2 किलोको दरले चामल अनि दाल प्रदान गरे भने कैंजले क्षेत्रबाट 3 रूपियाँ प्रति किलोग्रामको दरले इस्कुस किनेर सिंहमारी क्षेत्रका जनतामा निःशुल्क वितरण पनि गरे।

यसबारे सिंहमारी सिण्डिकेटका अध्यक्ष सुरेन्द्र तामाङ, उपाध्यक्ष सुदर्शन राया, सचिव सचिन गुरूङ र संयुक्त सचिव दिलु राईले संयुक्तरूपमा भने-हामीले सिण्डिकेटको तर्फबाट चामल र दाल किनेर कैंजले क्षेत्रअन्तर्गत पर्ने अप्पर समालबुङ, मिडल समालबुङ साथै वरिपरि क्षेत्रका लगभग 180 पविारलाई 7 किलोग्राम चामल र 2 किलो मुसुरी दाल प्रदान गऱ्यौँ।

किनभने, विशेष इलाकामा साग-सब्जी पर्याप्त पाइने भए पनि चामल, दाल आदिको संकट हुन्छ भन्ने सोंचेरनै हामीले कैंजले क्षेत्रका जनतालाई चामल र दाल वितरण गरेका हौं अनि त्यहाँबाट 3 रुपियाँ प्रति किलोग्रामको दरले 26 क्वीन्टल इस्कुस किनेर यहाँ ल्याएका थियौं, जुन इस्कुस सिंहमारी मोटर सिण्डिकेटका गाड़ी चालक, कर्मचारीवर्गका साथै आम जनतालाई वितरण गर्यौं। यसबाहेक सिण्डिकेटले आफ्ना 93 जना सदस्यहरुलाई पनि 8 किलो चामल, 2 किलो दाल अनि तीन किलो इस्कुस प्रदान गऱ्यौँ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन