मोर्चाले गऱ्यो नर्बुजी लामाको पक्राउको विरोधः ज्योतिकुमार राईले सोधे- किन मोर्चा नेताहरू मात्र पक्राउ पर्छन्?

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले तकदा-टिस्टा भ्याल्ली समष्टीका पूर्व सभासद् नर्बुजी लामाको पक्राउको घटनालाई लिएर प्रतिवाद जनाएको छ। नर्बुजी लामा आफ्नो छोरालाई डाक्टर देखाउन सिलगढी गएको मौका छोपर उनलाई यसरी पक्राउ गर्नु अनुचित रहेको मोर्चाका सहसचिव ज्योतिकुमार राईले बताएका छन्।

‘उनको पक्राउ पूर्णरूपले राजनैतिक प्रेरित छ,’ राईले भने, ‘गणतान्त्रिक आन्दोलन दबाउने यो बङ्गालको कुचक्र हो।’

उनले विज्ञप्ति जारी गर्दै आन्दोलनमा किन बङ्गाल प्रशासनले गोर्खा जनमुक्ति मोर्चाका नेताहरूलाई मात्र पक्राउ गरिरहेको छ? भन्ने प्रश्न उठाउँदै भने, ‘बङ्गाल प्रशासन वा सरकारलाई थाहा छ गोर्खाल्याण्डको निम्ति लड्ने पार्टी केवल मोर्चा मात्र हो’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन