22 समूहले आज 456 जना सांसदलाई बुझायो गोर्खाल्याण्डबारे ज्ञापन

दिल्लीः  गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आज मोठ ५४५ जना सांसदहरूलाई गोर्खाल्याण्डबारे ज्ञापन बुझाउने कार्यक्रम थियो। बताइए अनुसार आज 12 बजीदेखि बेलुकीसम्ममा समितिले 22 वटा समूह बनाएर आज मोठ ४५६ जना सांसदलाई ज्ञापन बुझाएको छ।

समूहले बेलुकीसम्म नै विभिन्न ठाउँमा रहेका सांसदहरूलाई गोर्खाल्याण्डबारे ज्ञापन दिए। जसमा समूहले आज 13 जना सांसदलाई व्यक्तिगतरूपमा भेटेर ज्ञापन दियो भने अन्यलाई अन्य उपायमार्फत बुझाइएको हो। रहेका सांसदहरूसित भेट्ने समय तय भइसकेको अनि यो कामलाई निरन्तर गर्ने पनि बताइएको छ।

अर्कोतिर, गोर्खालिग नेता प्रताप खातीले खबरम्यागजिनलाई बताए अनुसार 25 जुलाईको दिन काङ्ग्रेसका उपाध्यक्ष राहुल गान्धीलाई उनकै अगुवाईमा एक टोलीले  भेटेको थियो,जसको फोटो आज सोसल मिडियामा भाइरल बनेको थियो।

‘गान्धीले गोर्खाल्याण्डको बील सदनमा आए काङ्ग्रेस पार्टीले समर्थन गर्ने आश्वासन दिएका छन्,’ खातीले भने, ‘हामीले आरएसएसका इन्द्रेस कुमार, आनन्द साउसित पनि भेटेर कुरा गरिसकेका छौं, शीघ्र नै उनीहरूमार्फत भाजपा अध्यक्ष अमित शाह लगायत गृहमन्त्रीसित पनि भेटेर गोर्खाल्याण्डको कुरा राख्नेछौँ।’

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन