विमल गुरूङ, विनय तामाङ, रोशन गिरीहरू प्रक्राउ पर्ने अड़कल फिका

सिलगढीः अभागोलीका हेभिवेट नेता मदन तामाङ हत्याकाण्डको सुनवाइ गत २५ जुलाईदेखि शुरू भएको थियो। सिबिआइले उक्त दिन मामिलाका मुख्य ४६ -जना आरोपीहरूविरूद्ध फ्रेमिङ अफ चार्ज बुझाउनु पर्ने थियो। प्रतिकूल मौसमको कारण २५ जुलाईमा धेरै आरोपीको अनुपस्थितिलाई ध्यानमा राख्दै सिटी सेसन्स कोर्ट, कलकत्ताले सुनवाइ १-देखि ४ अगस्तसम्म सारेको थियो।

मुख्य आरोपीहरूले माममिलाबाट मुक्ति माग्दै डिस्चार्ज एप्लिकेशन बुझाएकोले फ्रेमिङ अफ चार्जसँगै डिस्चार्ज एप्लिकेशनमाथि पनि सुनवाइ समानान्तर भएकोले सुनवाइ प्रक्रिया पूरा नहुँदा अघिल्लो सुनवाइका नयाँ मिति अगस्त ९-देखि ११ अगस्त तोकिएको छ।

सीआरपीसीको ३१७ धाराको आधारमा आरोपीहरू सशरीर उपस्थित नभए पनि सुनवाइ हुनसक्ने प्रावधानको प्रयोग भएछ भने मुख्य आरोपीहरू विमल गुरूङ, विनय तामाङ, रोशन गिरीहरूको नाममा एरेस्ट वारण्ट जारी हुनसक्ने अड़कल फिका भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन