सिक्किमको टोली कालेबुङमा, जाहेर गरे सदैव साथ दिने प्रतिबद्धता

कालेबुङः गोर्खाल्याण्ड जन-सहयोग समिति, सिक्किमको एउटा टोली आज कालेबुङका अनशनकारीहरूलाई भेट्न कालेबुङ आइपुगेको थियो। समितिका अध्यक्ष दिपेन्द्र देवान, उपाध्यक्ष सरिता भवानी, सचिव सुरज प्रधान, सल्लाहकार भवानी प्रधान आदिको नेतृत्वमा आएको उक्त टोलीले डम्बरचोकमा आमरण अनशन बसेका अनशनकारीहरूसित भेट गरे सम्मानस्वरूप खदा प्रकट गरेका थिए।

अनशनकारीहरूसित भेट गरेपछि उक्त टोलीले गोर्खा जनमुक्ति मोर्चा कालेबुङ शाखाका नेतवर्गसित पार्टी कार्यालयमा भेट गरेर सदैव सिक्किमको सहयोग रहने प्रतिबध्दता प्रकट गरे। “यत्तिका दिन बितिसक्दा अनि अवस्था यत्ति गम्भीर बनिसक्दा पनि केन्द्र सरकार बोलेको छैन। समाधानको मार्ग निस्किएको छैन। जुनै ठाउँमा बसे पनि दार्जीलिङ, कालेबुङलाई केहि पर्दा हाम्रो मन रून्छ। त्यहिँ कारण अनशनकारी, आन्दोलनकारी साथै नेतृवर्गलाई हौसला प्रदान गरी हाम्रो साथ-सहयोग रहेको जनाउन अनि मैत्री सम्बन्ध दर्शाउन हामी आज कालेबुङ आएका हौं”- समितिका सल्लाहकार भवानी प्रधानले कालेबुङ आउनुको उद्देश्यबारे यसरी स्पष्ट पारे।

उनले अझ भने-“थाहा छैन अझै कतिदिन यस्तै बित्ने हो तर हामी तपाईंहरूको साथमा थियौं, छौं अनि रहनेछौं।” सिक्किमको टोलीलाई गोजमुमो कालेबुङ जिल्लाका नेतृवर्ग डा.आर बी भुजेल, शुभ प्रधान, अनिल लोप्चन आदिले सम्बोधन गर्दै आभार प्रकट गरेका थिए। गोर्खाल्याण्ड आन्दोलन अवधि सिक्किमलाई धेरै नै असुविधा पुगे तापनि सिक्किमले दिएको साथ, सहयोग अनि हौसलाको ऋण आफूहरूले कहिले नबिर्सने प्रतिबद्धता उनीहरूले जाहेर गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन