टीम आरोहीको खाद्य सहयोग

दार्जीलिङः अलग राज्य गोर्खाल्यान्डको मागमा डाकिएको अनिश्‍चितकालीन पहाड़ बन्दका धेरै परिवारको खाद्यान्न संकट टार्न टीम आरोही पनि अघि आएको छ। जसले हेप्पीभेल्लीको सिरूबारीदेखि मुण्डाकोठी चियाबगानअन्तर्गत मुन्सी गाउँका लगभग 60 परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेर उनीहरुले भोग्दै आएको खाद्यान्न संकट टार्ने प्रयास गरेको सन्त गुरूङले जानकारी गराएका छन्।

उनले बताएअनुसार, टीम आरोहीका संस्थापक पीटी योल्मो, पासाङ भोटिया, पीटी शेर्पा, साथै अन्य कार्यकर्ताहरुको सहयोगमा टीम आरोहीले गत 7 अगस्तको दिन हेप्पीभेल्ली चियाबगानअन्तर्गत सिरूबारीका 20 परिवार, बर्न्सग्रामका 7 परिवार अनि वार्ड नम्बर 30-का 4 परिवारलाई 10 किलो चामल, 1 लिटर रिफाइन्ड तेल, 1 किलो दाल, 1 किलो चिनी र 1-1 किलो न्यूट्रेला प्रदान गरेको थियो।

यसै क्रममा आज 8 अगस्तको दिन मुण्डाकोठी चियाबगानअन्तर्गत मुन्सी गाउँका 29 परिवारलाई पनि खाद्यान्न सामग्री प्रदान गरिएको सन्त गुरूङले जानकारी गराएका छन्। यस टीममा मदनकुमार सुब्बा, नवीन शेर्पा, कुन्दन मुखिया, अखिलेश पाण्डे, पूर्ण लेप्चा, रोशन मुखिया, बेला राई आदि सामेल थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन