मोर्चाको आन्दोलनदेखि डरायो राज्य सरकारः मोर्चाको आन्दोलन रोक्न तराई डुवर्समा आजदेखि तृणमूल सक्रिय हुने

सिलगढीः गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले आजदेखि आन्दोलन कठोर गर्ने भनेदेखि राज्य सरकार डराएको छ।

राज्यको गुप्त विभागले सरकारलाई मोर्चाले आन्दोलनलाई तराई डुवर्स केन्द्रित गर्ने भनेर रिपोर्ट दिएको आधारमा तराई र डुवर्समा पुलिस प्रशासन तैनाथ गरिएको गौतम देवले बताएका छन्।

पुलिस सूत्रले भनेअनुसार  तराई र डुवर्समा गरिएको पुलिसी तैनाथी मोर्चाको आन्दोलन रोक्नैको लागि हो। यता आजदेखि तृणमूल काङ्ग्रेस कार्यकर्ताहरूलाई पनि तराई डुवर्समा मोर्चाको आन्दोलन रोक्न तैनाथ रहने निर्देश दिइसकेको तृणमूल सूत्रले नै बताएको छ।

सिलगढीलगायत तराई र डुवर्सका विभिन्न ठाउँमा मोर्चाको कार्यक्रम रोक्न तृणमूल काङ्ग्रेस कार्यकर्ताहरूले गोर्खाल्याण्ड विरोधी ऱ्याली निकाल्ने भएको छ। हिजो सिलगढीका केही राजनैतिक-अराजनैतिक सङ्गठनहरूसितै मोर्चाद्वारा घोषित आन्दोलनबारे चर्चा गर्न पुलिस आयुक्तको कार्यालयमा राज्य पर्यटन मन्त्री गौतम देवले एक महत्वपूर्ण बैठक पनि गरे।

बैठकमा तृणमूल अलिपुरद्वार प्रमुख सौरव चक्रवर्ती,  गौतम देव अनि सिलगढी पुलिस आयुक्त सहित अन्य पुलिस अधिकारीहरूको विशेष उपस्थिति थियो।

‘हामी तराई, डुवर्समा मोर्चालाई कार्यक्रम गर्ने अनुमति दिने छैनौँ,’  वैठकपछि सौरभ चक्रवर्तीले भने, ‘बनारहट, चमर्ची, मालबजार, ओद्लाबारीमा तृणमूल काङ्ग्रेसले गोर्खाल्याण्डको विरोधमा ऱ्याली गर्नेछ। यी ऱ्यालीलाई म आफै नेतृत्व गर्नेछु।’

मन्त्री देवले तृणमूलको ऱ्याली सिलगढीमा पनि निकाल्ने निर्देश पुलिसलाई दिइसकेको जनाएका छन्।

बताइएअनुसार आज तराई डुवर्स अशान्त हुने सम्भावना छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन