समाचारपत्र बोकेको गाडी दहनः देव र गिरीले गरे भर्त्सना

कालेबुङः   पश्चिम बङ्गाल पर्यटन मन्त्री गौतम देवले आज कालोपट्टीवालाहरूले रोहिणीमा समाचारपत्र बोक्ने वाहन जलाएकोमा प्रतिक्रिया गर्दै भनेका छन्, ‘प्रेस लोकतन्त्रको चौथो स्तम्भ हो। प्रेसको वाहन जलाउने घटना तालिबानी प्रकृतिको छ। आन्दोलनकारीहरू यस्तो कृत्यबाट बाँचुन्।’ स्मरणीय छ, आन्दोलन चलेदेखियता पश्चिम बङ्गाल सरकारले इन्टरनेट बन्द गरिदिएको छ। स्थानीय च्यानलहरू सबै बन्द गरिदिएको छ भने एउटैमात्र रहेको सेटलाइट च्यानल एबीएनको कार्यालयमा ताला लगाइदिएको छ। आज यसैबीच तराईबाट समाचारपत्र बोकेर पहाड जाने वाहनसमेत जलाइएको छ।यसै पनि सूचनाको अधिकार र अभिव्यक्तिको अधिकार दुवैबाट पहाड बञ्चित छ, यस्तोमा समाचारपत्र पनि पहाड पुगेन भने पहाड जम्मै सूचनाहरूबाट बञ्चित बन्ने छ।‘यस्तो प्रकारले असुक्षित हुँदाहुँदै कसरी पेपर बोकेर पहाड जानु?,’ वाहन जलेपछि चालकहरूले भनेका छन्।

मोर्चा सचिव रोशन गिरीले पनि यो घटनाको निन्दा गरेका छन्। ‘प्रेसको वाहनमाथि गरिएको यस्तो कायरतापूर्ण आक्रमणको मोर्चा निन्दा गर्दछ,’ गिरीले भने, ‘यो शान्तिपूर्ण गोर्खाल्याण्ड आन्दोलनलाई बद्नाम गर्ने चलखेल हो। प्रेसको गाडी जलाउनेहरूलाई लाज लाग्नुपर्ने हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन