3 प्रार्थीको नामङ्कन रद्द 167 स्वीकार

  • डीके वाइबा, कालेबुङ

चुनाव आयोगको अधिसूचना अनुसार नामङ्कन पत्र स्वीकार भएका प्रार्थीहरूले आगमी 26 अनि 27 अप्रेलका दिनभित्रमा आ-आफ्नो नामङ्कन पत्र फिर्ता लिन सक्नेछन्

कालेबुङ नगरपालिका चुनावको निम्ति नामङ्कन पत्र दर्ता गर्ने प्रार्थीहरूको स्क्रुटिनी समाप्त भएको छ। आगमी 14 मईका दिन सम्पन्न हुने नगरपालिका चुनावको निम्ति कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूबाट तृणमूल कङ्ग्रेस, मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खा जनमुक्ति मोर्चा, जन आन्दोलन पार्टी अनि निर्दलीय उम्मेद्वारहरू गरेर मोठ 170 जना प्रार्थीहरूले आफ्नो नामङ्कन पत्र दर्ता गरेका थिए।

जसमध्ये गोर्खा जनमुक्ति मोर्चाका एकजना अनि जन आन्दोलन पार्टीका एकजना साथै निर्दलीय प्रार्थीहरूबाट 1 जनाको नामङ्कन पत्र रद्द भएको छ भने 167 जना प्रार्थीहरूको नामङ्कन पत्र स्वीकार भएको छ। गोजमुमो पार्टीबाट 15 नम्बर वार्डका प्रार्थी सुधा लामाको प्राथमिकता रद्द भएको छ भने जन आन्दोलन पार्टीका 19 नम्बर वार्डका प्रार्थी लक्ष्मी सुनुवारको नामङ्कन रद्द भएको छ।

सोही क्रममा वार्ड नम्बर 6 का निर्दलीय प्रार्थी बालिका दोर्जीको नामङ्कन पत्र रद्द भएको छ। गोजमुमो अनि जन आन्दोलन पार्टीका दुईजना प्रार्थीहरू क्रमैले सुधा लामा अनि लक्ष्मी सुनुवार कालेबुङ नगरपालिकाको आर्थिक लाभ प्राप्त गर्ने प्रार्थी भएको कारण उनीहरूको नामङ्कन पत्र चुनाव अधिकारीवर्गले रद्द गरेको छ भने वार्ड नम्बर 6 का निर्दलीय प्रार्थी बालिका दोर्जीले आफ्नो सपथ पत्र दर्ता नगरेको कारण नामङकन पत्र रद्द भएको छ।

चुनाव अधिकारीवर्गले आज आवश्यक दस्तावेजहरू जाँच गर्ने क्रममा एक एकजना गोजमुमो, जाप अनि निर्दलीय प्रार्थीको नमङ्कन पत्र रद्द गरेको छ भने 167 जना प्रार्थीहरूको नामङ्कन स्वीकार गरेको छ। चुनाव आयोगको अधिसूचना अनुसार नामङ्कन पत्र स्वीकार भएका प्रार्थीहरूले आगमी 26 अनि 27 अप्रेलका दिनभित्रमा आ-आफ्नो नामङ्कन पत्र फिर्ता लिन सक्नेछन्। दुईदिनभित्रमा नामङ्कन पत्र भरेका प्रार्थीहरूले नमङ्कन पत्र फिर्ता लिएपछि चुनाव लड्ने प्रार्थीहरूको अन्तिम सूची जारी गरिने भएको छ। यता स्क्रुटिनिको अवधि नामङ्कन पत्र रद्द भएको सन्दर्भमा चुनाव अधिकारी एवम् महकुमा अधिकारी निर्मलया घरामीले जानकारी दिएका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया