गोर्खाल्याण्डमा तराई-डुवर्सको एक इञ्च भूमि पनि पस्नेछैन- बिरसा तिर्कीः गोर्खाल्याण्डले आदिवासीलाई छैटौं अनुसूची दिन्छ भने हामी स्वागत गर्नेछौँ- राजु बाराल

तराई-डुवर्सः आदिवासी विकास परिषद (आविप)-का राज्य अध्यक्ष बिरसा तिर्कीले गोर्खाल्याण्डमा तराई डुवर्सको एक इञ्च भूमि पनि नपस्ने फरमान सुनाएका छन्। बुधबार बाघडुगरा नजिक कादोपानी मैदानमा सम्पन्न विश्व आदिवासी दिवसलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

‘पहाड़का नेताहरू अलगराज्य गोर्खाल्याण्डको माग गर्न सक्छन्, यो उनीहरूको नीजि कुरा हो। तर माग्दैमा सबै कुरा पाइँदैन,’ तिर्कीले भने, ‘गोर्खाल्याण्डमा तराईँ डुवर्स पनि गाभ्ने मोर्चाले माग गर्दैछ, जो सम्भव छैन। गोर्खाल्याण्डमा तराई डुवर्स गाभ्ने कुरा कदापी मानिने छैन। तराईँ डुवर्सका मूल निवासी आदिवासी हुन्। उनीहरू तराई डुवर्स आएर आन्दोलन गऱ्यो भने त्यसको विरोध गरिनेछ।’

तिर्कीले आदिवासीहरूको शिक्षा-संस्कृति, सामाजिक विकासबारे विश्वभरि पहिचान दिलाउन आदिवासी दिवस मनाएको पनि बताए।

यता यही दिवस नगरकट्टामा पनि मनाइयो। जहाँ, आदिवासी नेता चन्दन लोहारले आफूहरू छैटौँ अनुसूचीको निम्ति लडिरहेको बताए। ‘आदिवासीहरुको सर्वाङ्गीन विकासको निम्ति शीघ्र छैटौँ अनुसुची लागू गराउपर्छ,’ उनले भने, ‘हामीलाई अरूको आन्दोलनसित केही लिनुदिनु छैन। कसले के दिन्छ दिँदैन त्यो हाम्रो विषय होइन।’

आदिवासी विकास परिषद कालचिनी क्षेत्रका वरिष्ट नेता राजु बाराले भने गोर्खाल्याण्ड राज्य भएपछि उनीहरूको निम्ति छैटौँ अनुसूची दिइन्छ भने त्यो स्वीकार्य हुने बताए।

‘यस्तो भयो भने यसले सम्पूर्ण आदिवासी समाज खुसी हुनेछ,’ उनले भने, ‘हामीले धेरै आन्दोलन गऱ्यौं तर बङ्गाल सरकारले पत्तो नै दिएन।’

उनले २००७ भएको गोर्खाल्याण्को आन्दोलनलाई आदिवासीहरूले विरोध गरे पनि बङ्गाल सरकारले केही नदिएको बताउँदै अहिलेसम्म आदिवासीहरूको स्थिति जीर्ण रहेको बताए।

‘बङ्गलादेशबाट आएका मान्छेहरुको सबै बन्दोबस्त सरकारले गर्छ, तर आदिवासीहरूको मागबारे सुन्दैन,’ उनले भने, ‘गोर्खाल्याण्ड अलग राज्य गठन पछि डुवर्स तराईको सर्वाङ्गीन विकासको निम्ति छैटौँ अनुसुची हुन्छ भने हामीलाई कुनै आपत्ति छैन। हामी स्वागत जनाउनेछौँ।’

स्मरणीय छ, केही दिन अघि गोर्खा जनमुक्ति मोर्चाले यसपल्टको गोर्खाल्याण्ड आन्दोलनमा तराई-डुवर्सका आदिवासीहरूलाई सहयोग गरिदिने अपिल गरेका थिए।

‘गोर्खाल्याण्ड भएपछि आदिवासीहरूको निम्ति हामी छैटौँ अनुसूची दिनेछौँ,’ उनले भनेका थिए। आदिवासी नेता राजु बाराले जसलाई स्वागत जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन