जापको दिल्ली चहलपहल: गोर्खाल्याण्ड मुद्दा संसदमा उठ्न सक्ने

नयाँ दिल्ली: जन आन्दोलन पार्टी बिउरो अध्यक्ष पङ्कज छेत्रीको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले बुधवार पूर्व आइएएस अधिकारी एवम् वाइएसआर कङ्ग्रेस (तिरूपति, आन्ध्र प्रदेश) –का संसदीय नेता ड. वर प्रसाद राव भेलागापल्लीसँग दिल्लीस्थित उनको निजी निवासमा भेट गरेको छ।

रावले संसदमा “आफ्नो क्षमताभित्र रहेर” गोर्खाल्याण्डको मुद्दा उठाउने प्रतिश्रुति दिएको जाप स्रोतले बताएको छ। मुद्दाप्रति पहिलेबाटै जानकार रावले जाप युवा टोलीसँग सविस्तार छलफल गरेका छन्।

छेत्रीले बताए, “बितेको २० दिनदेखि आमरण अनसनमा बसेका गोर्खा युवाहरूको स्वास्थ्यको समस्या, गत दुइ महिनादेखि बन्द स्कूल-कलेज अनि इन्टरनेट प्रतिबन्ध लिएर राव गम्भीर रूपले सरोकार व्यक्त गरेका छन्। उनले यी समस्याको द्रुत समाधान हुनुपर्ने विचार प्रकट गरेका छन्।”

अर्का प्रतिनिधि सोनाम लामाले भने, “हाम्रो विषय लिएर उनी कति गम्भीर थिए भने उनले तुरून्तै गोर्खाल्याण्डको मुद्दा संसदमा उठाउने चाँजो मिलाउन आफ्नो पीएलाई निर्देश दिए।”

“अहिलेसम्म जति पनि सासंद र नेताहरूसँग हामीले भेट गरेका छौँ, प्रायः सबै नै मुद्दाप्रति सकारात्मक छन्। रावको प्रतिक्रिया त झनै महत्त्वको थियो,” अर्का जाप प्रतिनिधि अर्पण गुरूङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन