पूर्व सभासदसितै युवा नेताहरुको घर तोड़फोड़

दार्जीलिङः सोनादा-पच्याङ समष्टिका पूर्व सभासद महेन्द्र प्रधानका साथै युवा मोर्चाका 3 जना सदस्यको घर आज बिहान लगभग 10.30 बजीतिर सीआरपीएफ र आईआरबीका जवानहरुले तोड़फोड़ गरेको आरोप स्वयं प्रधानले लगाएका छन्। उनले भने-हामी जुलूसमा भाग लिइरहेको समय सीआरपीएफ र आईआरबीका जवानहरुले हाम्रो घरमा तोड़फोड़ मच्चाएका छन्, जसको विरोधमा सोनादा थानामा प्राथमिकी दर्ता गरिनेछ।

उनले बताएअनुसार, आज उनीलगायत युवा मोर्चा केन्द्रिय समिति सदस्य अमृत प्रधान, युवा मोर्चा सदस्य बविन्द्र राई र देवेन राईको घर तोड़फोड़ गरिएको छ। यसको गोर्खा जनमुक्ति मोर्चाले कटोर विरोध जनाउँछ। उनले आफ्नो घरबाट 5000 रुपियाँ नगद राशि पनि चोरी भएको आरोप लगाएका छन्।

उनले भने-पुलिस प्रशासनले गोर्खा जनमुक्ति मोर्चा नेता अनि समर्थकहरुको घर मात्रै तोड़फोड़ गर्ने कार्य गरिरहेको छ। आज गोजमुमो अलग राज्य गोर्खाल्यान्डको लागि इमान्दार छ अनि गोजमुमोलाई गोर्खाल्यान्डको आन्दोलनबाट हटाउनको लागिनै यसप्रकारको कार्य भइरहेको छ। तर गोजमुमो डराउने होइन अनि गोर्खाल्यान्ड लिएरनै यो आन्दोलन थामिनेछ।

आज गोर्खाल्यान्डकै मागमा सड़कमा ओर्लिएका अन्य राजनैतिक दलका नेता अनि समर्थकहरुको घरमा तोड़फोड़ गर्ने कार्य भएको छैन, तर गोजमुमोलाई मात्रै किन टार्गेट बनाइँदैछ? उनले प्रश्न गरे। यसैबीच, अर्कोतर्फ आज 5औं दिन पनि व्यापक पुलिस बलले गोजमुमोको मुख्यालय पातलेबास इलाकामा पेट्रोलिङ गरेको गरेको थियो, यसै क्रममा पुलिस बलले गोजमुमो कार्यकर्ता प्रवीण सुब्बाको घरभित्रबाट दुइवटा स-साना सिलिण्डर घर बाहिर निकालेर राखिदिए।

यद्यपि, पुलिसले यसबाहेक अन्य घर वा गोजमुमोको कार्यालयमा छापा मार्ने कार्य नगरेको जानकारी पाइएको छ।

स्मरण गराइन्छ, गत 4 दिनदेखि पुलिसले पातलेबास इलाकामा दैनिकरूपले पेट्रोलिङ गर्ने कार्य गरिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन