मृत्युको शहर बन्दै सिलगढ़ी

Walk into the light

सिलगढ़ी: शहर अहिले मृत्युको शहर भइरहेको अवस्थाबाट गुज्रिरहेको छ। बितेको एक महिनादेखि चलिरहेको धारावाहिक अस्वाभाविक मृत्युहरूको घटनाशृङ्खलाले शहरवासीलाई त्रस्त बनाएको छ। एकपछि अर्को मृत्युको सिलसिलाले थामिने नाम लिएको छैन।

यद्यपि, सिलगढ़ी मेट्रोपोलिटन पुलिस कमिश्नरेटका कमिश्नर नीरज कुमार सिंहले बताएका छन्, “हामीले शहरको सुरक्षा व्यवस्था निश्चित गराउन कुनै कसर छाड़ेका छैनौँ। तरै पनि आत्महत्याजस्ता अस्वाभाविक काण्ड रोक्न सम्भव छैन।”

सिलगढ़ी मृत्युकाण्ड शृङ्खला:

  • जुलाई १४ –  लिम्बुबस्तीमा ४४० भोल्टको बिजुलीको झट्का भेटेर बिजुलीको तारसँग जोड़िएको हाँगा काट्न रूख चढ़ेका मजदुरको घटनास्थलमै मृत्यु।
  • जुलाई १६ –  फाँसीदेवा इलाकामा एक जोड़ी मृतदेह उद्धार।
  • जुलाई १७  –  नवीन शुक्ला नाम गरेका व्यवसायीको शव पञ्जाबीपाड़ा इलाकास्थित वासस्थानबाट मृतदेह उद्धार। साथमा चीनीया पेस्तोल पनि उद्धार। परिवारजनको आशङ्का आत्महत्या। पुलिस छानबिनमा लागेको छ।
  • जुलाई २७ –  व्यवसायी नीलोत्पल बासुको आश्रमपाड़ा स्थित घरमा मृतदेह उद्धार। साथमा लाइसेन्स भएको पेस्तोल उद्धार। परिवारजनको आशङ्का आत्महत्या। पुलिस छानबिनमा लागेको छ।
  • जुलाई २७ – फाँसीदेवाकी वासिन्दा वतीको शव पानीट्याङ्कीस्थित भाड़ाघरबाट झुण्डिएको अवस्थामा उद्धार। परिवारजनको आशङ्का प्रेम मामिला हुनसक्ने।
  • जुलाई २९ – रविन्द्रनगर निवासी राजीव दासद्वारा छिमेकी रतन दासलाई बदला लिन हत्या। स्थानीयहरूद्वारा आरोपीलाई पुलिसको हातमा हस्तान्तरण।
  • अगस्त २ –  एनजेपी इलाकामा पचकालगुड़ीमा रीता साहा र उनकी १० वर्षे छोरी पायलको मृतदेहल एकसाथ उद्धार।  पति अभिनन्दन साहा पक्राउ।
  • अगस्त ५ – एक अज्ञात युवतीको शव फूलबाड़ीको जोतियाकाली इलाकाबाट उद्धार। एनजेपी पुलिसको आशङ्का बलात्कारपछि हत्या गरी फ्याँकिएको हुनसक्छ।
  • अगस्त ५ – विधानमार्केट स्थित पानदोकान मालिक वासुदेव साहाको बिजुलीको झट्का लागेर मृत्यु।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन