आन्दोलनलाई सडकबाट संसद पुर्‍याउन जाप युवा एकाई कटिबद्ध

नयाँ दिल्ली: दार्जिलिङ पहाडमा भइरहेको गोर्खाल्यान्डको आन्दोलनलाई संसद भवनसम्म पुर्‍याउन जन आन्दोलन पार्टी (जाप) युवा एकाईले दिल्लीमा थालेको 29 वटै राज्यको सांसदहरुलाई भेट्ने पहिलो चरणको कार्यक्रम वर्षाकालीन सत्रको समाप्तिसंगै समापन भएको छ ।

गत 17 जुलाईबाट शुरु भएको वर्षाकालीन संसदीय सत्र 11 अगस्टमा आएर टुङ्गिएको छ । संसद चलिरहेको समय सबै सांसदहरूलाई दिल्लीमै भेट्ने भएको कारण युवा एकाई दिल्ली आएको टोलीका अगुवा विशाल राईले बताएका छन् ।

सांसद भेटौँ कार्यक्रममा देशका सबै राज्यका सांसदलाई गोर्खाल्यान्डको माग र वर्तमान पहाडको स्थितिको जानकारी दिन युवा एकाई सक्षम भएको उनको भनाइ छ । संसद सत्र चलिरहेको समय दिल्लीमा कार्यक्रम गर्नुको विशेषता अलगै रहेको छ । भाजपा, कंग्रेस, राष्ट्रवादि कंग्रेस पार्टी, जनता दल युनाइटेड, एइएडिएमके, तेलगुदेशम पार्टी, बिजेडि, तेलेङ्गना राष्ट्रिय समिति, वाईएसआर कंग्रेस, अपना दलजस्ता राष्ट्रिय र क्षेत्रीय दलका सांसदहरूलाई भेट गरी गोर्खाल्यान्डको मुद्दालाई सदनमा चर्चा गरिदिने अपिल गरिएको छ।

छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलन गत चार दशकदेखि सडकमा जोडतोड्ले भए पनि आन्दोलन संसद पुग्न सकेको छैन । अबको आन्दोलन सडक संगै संसद भवनमा पनि पुर्‍याउनु युवा एकाई लागिपर्ने उनले बताएका छन् । राष्ट्रिय स्तरमा गोर्खाल्यान्डको आन्दोलनलाई माथि उठाएर राजनैतिक मुद्दा बनाई बहस गराउन अनिवार्य रहेको युवा एकाईका सचीव अमीर बस्नेतले बताएका छन्। गोर्खाल्यान्डको आन्दोलनलाई एक बौद्धिक आन्दोलन बनाउन शिक्षित युवाहरुको महत्त्वपूर्ण भूमिका रहेको छ । देशका विभिन्न राज्यमा गएर गोर्खाल्यान्ड विषय पर्चा, पाम्प्लेट, बुकलेट आदि बाँड़ेर सर्वभारतीय स्तरमामा एउटा पब्लिक ओपिनियन संग्रह गर्नु अनिवार्य रहेको पंकज छेत्री बताउँछन् । छुट्टै राज्यको संघर्ष गरेर सफल भएका तेलङ्गनाका सांसद विनोद कुमार बोनापाल्लीले युवाहरूलाई सुझाव दिदै अहिंसात्मक, बौद्धिक र तक्नीकी आन्दोलन लड्ने सुझाउ दिएका छन् ।

1 अगस्टमा जिएमसिसिको कार्यक्रममा सहभागी हुन गएको जापको टोलीले जिएमसिसिको प्रस्तावअनुसार राष्ट्रिय दलहरूसंग जोगाजोग गर्ने कार्यक्रम गरेको टोलीले बताएको छ। राष्ट्रिय स्तरमा कार्यक्रम तय गरेर गोर्खाल्यान्ड राज्य निमार्ण नभएसम्म कार्य गरिरहने युवा एकाईले प्रतिबद्धता जाहेर गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन