मदन तामाङ हत्याकाण्ड – आरोपपत्रमाथि सुनवाइ समाप्त : फसेला १६ अगस्तमा

कलकत्ता : अभागोली प्रवीण नेता मदन तामाङ हत्याकाण्डमा चलिरहेको पछिल्लो तहको सुनवाइ बल्ल आज समापन भएको छ। गत २५ जुलाईदेखि शुरू भएको सुनवाइको तीन चरणपछि तेस्रो चरणको समापन आज भएको हो। पछिल्लो चरणको सुनवाइ गत ९ अगस्तदेखि आरम्भ भएको थियो।

राज्य सरकारले गोर्खाल्याण्ड आन्दोलनको नेतृत्वमाथि चाप दिन नै यो मामिला द्रुततासाथ अघि बढ़ाउने निर्णय लिएको जानिफकारहरूको भनाइ छ। अर्कोतिर, मुख्य आरोपीहरू विमल गुरूङहरू मामिलामा परेछन् भने आन्दोलनमाथि यसको आँच पर्ला कि नपर्ला, त्यो अड़कलबाजीले पहाड़वासी एवम् राजनीति विशेषज्ञहरू व्यग्रतामा छन्।

खबरम्यागजिनको कलकत्ता सूत्रले जनाएको छ, गत ९ अगस्तदेखि कलकत्ता सेसन्स कोर्टका चीफ जज केके कुमाइले सुनवाइ गरिहेका थिए। अब कुन कुन अभियुक्तहरूको मामिला चल्ने हो, त्यसको चुड़ान्त फसेला कोर्टले सुनाउने भएको छ। त्यसको मिति तोकिएको छ अगस्त १६।

मुख्य आरोपीहरू विमल गुरूङ, रोशन गिरी, विन. तामाङ, ड. हर्कबहादुर छेत्रीलगायत ४२ आरोपीहरूविरूद्ध सीबीआइले दर्ता गरेको आरोपपत्र (फ्रेमिङ अफ चार्ज)-माथि गत तीन दिनदेखि सुनवाइ भएको हो।

समानान्तर रूपमा आरोपीहरूद्वारा उकीलमार्फत् आफू निर्दोष रहेको आधार देखाउँदै मामिलाबाट मुक्ति माग्दै चढ़ाइएको छाड़पत्र (डिस्चार्ज एप्लिकेशन)-माथि पनि सुनवाइ भेको थियो।

अब १६ अगस्तमा सुनाइने फसेलामाथि निर्भर गर्नेछ, कस-कसको विरूद्ध यो हत्याकाण्ड मामिलामा मुद्दा चल्ने हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन