१५ अगस्तअघि राष्ट्रिय झण्डाको बिक्रीमा प्रभाव

दार्जीलिङ: स्वतन्त्रता दिवसअघि व्यापक मात्रामा राष्ट्रिय झण्डा बिक्री गर्ने व्यवसायीहरुको व्यवसायलाई तिरङ्गा यात्राले घाटा हुनबाट बँचायो।

विगत 10 वर्षदेखि दार्जीलिङको चौकबजारमा स्वतन्त्रता दिवस आउन ठीकअघि राष्ट्रिय झण्डा फैलाएर बिक्री गर्न बस्ने जितेन ठटालले भने-गत वर्षको तुलनामा यस वर्ष 20 प्रतिशत झण्डा पनि बिक्री हुन नसक्ने छाँट छ। तरै पनि दार्जीलिङमा गोर्खा जनमुक्ति मोर्चाले गत 9 अगस्तदेखि शुरू गरेको तिरङ्गा झण्डा यात्राको कारण केही झण्डा अवश्यै बिक्री भइरहेको छ। तरै पनि गत वर्षसम्मको स्वतन्त्रता दिवसको समय जति झण्डा बिक्री हुन्थ्यो, यसपालि त्यति झण्डा बिक्री हुन नसक्ने अवस्था छ।

गत वर्ष उनले 20,000 रुपियाँभन्दा अधिक मूल्यको राष्ट्रिय झण्डा बिक्री गरेका थिए, तर यसपाली गत वर्षको तुलनामा 20 प्रतिशत झण्डा पनि बिक्री हुनसक्ने अवस्था छैन। उनले बिक्रीको लागि 30 रुपियाँदेखि 350 रुपियाँसम्मका झण्डाहरु राखेका छन्, जुन झण्डा धेरै कम्तिले मात्रै स्वतन्त्रता दिवसको लागि भनेर लगिरहेका छन्। तरै पनि तिरङ्गा यात्राको कारण गोजमुमो समर्थकहरुलेनै बेसी झण्डा किनिरहेका छन्। यसको एउटा मूल कारणनै अनिश्‍चितकालीन पहाड़ बन्द हो भन्ने पनि उनको भनाई छ।

उनले भने-मैले विगत 10 वर्षदेखि यहाँ राष्ट्रिय झण्डा बिक्री गरिरहेको छु, तर यसपालि जस्तो अवस्था कहिले भएको थिएन। यसैले यसपाली मैले एकदमै कम्ति झण्डा बनाउने अर्डर गरेको थिएँ। अब यति झण्डा पनि बिक्री हुन्छ कि हुँदैन भन्ने डर छ। यसरीनै राष्ट्रिय झण्डा बिक्रेता मनोज गुप्तसित सोध्दा उनले पनि जितेनले जस्तै दुखेसो पोख्दै भने-गत वर्ष पनि मैले 11 अगस्तदेखिनै झण्डा बेच्न शुरू गरेको थिएँ, त्यस समय प्रत्येक दिन 200 वटाभन्दा अधिक झण्डा बिक्री भएको थियो। तर आज साँझसम्म बलैले 20 वटा झण्डा बिक्री हुनसक्यो।

उनले पनि राष्ट्रिय झण्डा सिलगढीबाटै ल्याएर बेच्ने गरेका छन्, तर उनलाई पनि यसपाली बेसी झण्डा बिक्री हुन नसक्ने लागेको छ। स्मरण गराइन्छ, पहाड़ बन्दको आज 58औं दिन भयो, स्वतन्त्रता दिवस आउन अब केवल 4 दिन बाँकी छ। तरै पनि पहाड़ बन्द खोलिने कुनै छाँट देखा  परेको छैन।

गोजमुमो अध्यक्ष विमल गुरूङले स्वतन्त्रता दिवस भव्यरूपले पालन गरिनेछ भने पनि पहाड़ बन्दको कारण यसमा गतिलै प्रभाव पर्ने सम्भावना छ। यदि 15 अगस्त पहाड़ खुल्ला गर्ने घोषणा भए पनि स्कूल-कलेज आदि ठप्प बनेको कारण सधैं जस्तो स्वतन्त्रता दिवस कुनै पनि स्थितिमा पालन हुन नसक्ने स्थिति छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन