जीएमसीसीले ‘गोर्खाल्याण्ड’ होइन ‘विमल बचाउ’ आन्दोलन गर्नेः शीघ्र गर्ने ‘दार्जीलिङ चलो’ कार्यक्रम

कालेबुङः गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटी-(जीएमसीसी)-ले बङ्गाल पुलिस प्रशासनले तयार पारेको दार्जीलिङको ताजा परिस्थितिलाई हेर्दै आन्दोलनलाई अर्कै दिशा मोड्ने भएको छ। जीएमसीसीले ‘गोर्खाल्याण्ड आन्दोलन’ होइन अब ‘विमल गुरूङ बचाउ आन्दोलन’ गर्ने भएको छ। आज कालेबुङमा अचानक बसेको बैठकमा जीएमसीसी गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङको बचाउमा उभियो। ‘विमल गुरूङ बचाउ’-को पक्षमा जीएमसीसी जानुको खारण खोल्दै बताइएको छ, दार्जीलिङ पातलेबाँसमा अवस्थित गोजमुमोको केन्द्रिय कार्यालयमा पुलिस प्रशासनद्वारा दैनिक रूपमा नै छापामारी गरेर विमल गुरुङलाई पक्रन खोजिरहेको छ। यसकारण अहिलेलाई विमल गुरूङलाई बँचाउनु निकै अनिवार्य छ।

बैठकमा विमल गुरूङलाई बचाउनकै निम्ति शीघ्र नै  ‘दार्जीलिङ चलो’-अभियान गर्ने निर्णय लिइएको छ।

राज्य सरकारले पुलिस प्रशासनको बलमा विस्तारै विमल गुरूङलाई घेर्ने अनि पक्राउ गर्ने सन्देश दिँदै पुलिस बललाई पातलेबास वरिपरि गस्ती लगाउन लगाइरहेको छ। यसको कारण विमल गुरूङ अनि मोर्चा नेताहरू पक्रा परिने हो कि भनेर डराइरहेको छ। बङ्गाल सरकार चाहान्छ, विमल गुरूङलाई पक्राउ गर्ने प्रयास गरेमात्र नै आन्दोलन शिथिल हुनेछ।

यसै पनि केन्द्र र राज्य दुवैले आन्दोलन दबाउने प्रयास गरिरहेकै छ। अहिले केन्द्रको तर्फबाट सांसद एसएस अहलुवालिया अनि राज्यबाट मुख्यमन्त्री ममता व्यानर्जी दुवै मोर्चालाई वार्तामा बोलाउने तर मोर्चाले बन्द र अनशन उठाउनुपर्ने दवाब दिइरहेकै छ।

मोर्चाले भने वार्ता गोर्खाल्याण्डो लागि हो भने मात्र वार्चामा जाने स्पष्ट अडान राखिसको छ। यसै कारण नै ‘बातले नमाने लात’-ले मनाउने मनोदशामा रहेको राज्य सरकारले मोर्चा नेताहरूको पक्राउ गरेर विमल गुरूङलाई व्यापक डर देखाइरहकै छ। त्यसै कारण नै विमल गुरूङ खुलेर आन्दोलनमा आइरहेका छैनन्।

मोर्चाका नेताहरूले विभिन्न अवसरमा ‘आन्दोलन जनता र सर्वदलले गरेको हो भने किन मोर्चा नेताहरूलाई मात्र पुलिसले पक्रिरहेको छ?’ भन्ने प्रश्न उठाउन थालिसकेका छन्।

यता विमललाई डर देखाएर आन्दोलन दबाउने राज्यको कुटनीति विस्तारै सफल बन्दै गइरहेको छ। यता जीएमसीसी पनि विमल गुरूङ पक्राउ पर्ने कुराले डराइरहेको छ। यसकारण अहिलेलाई ‘आन्दोलन सान्दोलन मारो गोली नेता पक्राउ परे बाँच्दैन मुद्दा भोली’-भनेजस्तो जीएमसीसी विमल गुरूङलाई बँचाउन उत्रने विचारमा छ।

यसकारण जीएमसीसीले शीघ्र नै दिल्ली होइन ‘दार्जीलिङ चलो’ कार्यक्रम गर्ने भएको छ।

‘अविलम्ब पुलिस कार्यवाही, रेड गर्ने काम, बन्द गरेर शान्ति र सुरक्षाको परिवेश फर्काइल्याउनमा राज्य सरकारको पहल हुनुपर्छ’,जीएमसीसीका मुख्य संयोजक एवं मोर्चा नेता कल्याण देवानले भने, ‘यदि यसरी नै पुलिस कार्यवाही यथावत् राखेर निर्दोष जनता अनि निर्दोष विमल गुरुङलाई पक्राउ गर्ने प्रयास निरन्तर राखे जीएमसीसीएको पक्षबाट कुनै पनि दिन ‘दार्जीलिङ चलो’- कार्यक्रम सम्पन्न गर्नेछ।’

जीएमसीसीले ‘दार्जीलिङ चलो’-अभियानको निश्चित मीति भने तोकेको छैन। यद्यपि विमल गुरुङको वचाउको निम्ति कुनै पनि दिन लाखौँ जनता दार्जीलिङ जाने आजको जीएमसीसीएको बैठकले तय गरेको छ।

अघिल्लो महिना पनि पातलेबासमा रहेको मोर्चाको कार्यालय बचाउन मोर्चा कार्यकर्ताहरूले पातलेबास चलो अभियान नै चलाएका थिए, जहाँ पुलिसले मोर्चा कार्यकर्ताहरूमाथि गोली चलाएका थिए, जहाँ केही मोर्चा कार्यककर्ता शहिद बनेका थिए।

जनता सडक उत्रनु, शहिद हुनुलाई विमल गुरूङले ‘ट्रेलर’-मात्र रहेको अघिबाट नै संवाद माध्यमलाई बताइसकेको छ। यता अब फेरि जीएमसीसीले जनतालाई सडक उतार्ने भएको छ। जीएमसीसीका नेतृत्वहरू दार्जीलिङ चलो अभियानलाई अगुवाई गर्दै सडक उत्रने हुन् कि जनतालाई मात्र सडक उतार्ने हुन्, त्यो खुलाएइको छैन।

यद्धपि जीएमसीसीले गर्ने ‘दार्जीलिङ चलो’ कार्यक्रमलाई रोक्न पुलिसले गोली चलाउँदैन भन्न सकिन्न। विमल गुरूङलाई बचाउन दार्जीलिङ जाने आन्दोलनकारीहरूमाथि पनि गोली चलाए नेता बचाउने क्रममा धेरैजना शहिद हुन सक्ने सम्भावना व्यापक छ।

विमल गुरूङ गोर्खाहरूको फेस हुन्- निरज जिम्बा

यता जीएमसीसीको बैठपछि गोरामुमो प्रवक्ता निरज जिम्बाले यसै सन्दर्भमा भनेका छन्, ‘विमल गुरुलाई पक्राउ गर्नु खोजेर डर देखाउनु भनेको सम्पूर्ण गोर्खाहरू अनि जीएमसीसीलाई डर देखाउन खोज्नु हो। त्यसको हामी घोर विरोध गर्छौँ।’

जिम्बाले विमल गुरुङलाई गोर्खाहरूको ‘फेस्’-रहेको बताए। एकातिर राज्यले शान्ति बनाउन वार्ताको कुरा गरिरहेको भए पनि अर्कोतिर विमल गुरुङलाई पक्रन खोजिरहेको उनको आरोप थियो।

राज्य पुलिसको दृष्टिकोणमा गोर्खा जनमुक्ति मोर्चा भूमिगत छ। जसले 9 अगस्तदेखि आन्दोलन कठोर हुने घोषणा गरेका थिए तर 15 अगस्त नजिक रहेकोले मोर्चाले कार्यक्रममा फेरबदल गऱ्यो।  15 अगस्त उता घोषित कार्यक्रम हुने केहीदिन गि मोर्चा सहसचिव विमय तामाङले जारी गरेको विज्ञप्तिमा बताइएको थियो।

15 अगस्त हुँदैन खुल्ला

आजको जीएमसीसीको बैठकमा 15 अगस्त अर्थात स्वतन्त्रता दिवसका दिन बन्दलाई छुट दिने हल्लालाई विराम लगाइएको छ। जीएमसीसीले 15 अगस्तको दिन बन्द जारी रहने बताएको छ। 15 अगस्तको बन्द खोलाउने, नखोलाउने कुराको जिम्मेवारी मोर्चामाथि छोड्दै उक्त दिन राष्ट्रिय झण्डा बोकेर मानव श्रृङ्खला बनाइ विश्वभरिका गोर्खाहरूले देशभक्ति दर्शाउने पनि आजको बैठकले तय गरेको छ।

अर्कोतिर युवा मोर्चाको आमरण अनशनले 23 औँ दिन पूरा गरिसकेको छ। यसबारे पनि बैठकमा चर्चा गर्दै केन्द्रले जिम्मेवारी निर्वाह गरेर ठोस् पहल गर्नुपर्ने माग गरिएको छ।

हाल पहाडमा भइरहेका आगजनी एवं लुटपाट पहाड बाहिरका मानिसहरूले गरिरहेको भन्दै यस घटनाहरूमा पुलिस प्रशासन स्वयंको पनि संलग्नता हुनसक्ने जीएमसीसीले अनुमान लगाएको छ।

अन्यभाषीलाई गोर्खाल्याण्ड बुझाउन पर्चा छाप्ने

यसबाहेक गोर्खाल्याण्डको माग अनि यसको आवश्यकताबारे अन्य समुदायलाई बुझाउन जीएमसीसीले विभिन्न भाषाहरूमा पर्चा छापेर वितरण गर्ने पनि  निर्णय लिएको छ।

बैठकमा क्रामाकपा अनुपस्थित

आजको बैठकमा मोर्चा, गोर्खालीग, जाप, गोरामुमो, कङ्ग्रेस, गोरानिमो आदि राजनैतिक दलका प्रतिनिधिहरू उपस्थित थिए। क्रामाकपाको पक्षबाट जीएमसीसीमा सामेल गरिएका सदस्यद्वय भने बैठकमा उपस्थित थिएनन्। अनुपस्थितिको कारण सडक यातायातमा पैह्रोको समस्या देखाइएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन