सिक्किम-दार्जीलिङ विलयको विरोधमा गोलबद्ध बन्यो सिक्किमका दलहरूः उनीहरूले प्रश्न गरे-यति संवेदनशील मुद्दामा पनि सिक्किम सरकार किन मौन?

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको कार्यवाहक अध्यक्ष एवम् बिधायक कुङ्गा निमा लेप्चाको अध्यक्षतामा र तत्वधानमा देउराली स्थित होटल चौतारोमा सिक्किम दार्जीलिङ बिलयको बिरोधमा सबै संघ संस्था अनि राजनैतिक दल (भाजपा अनि एसडीएफ पार्टी ) बाहेक अन्यदललाई लिएर बैठक भएको छ।

केहीदिन अघि आरएसएसका एक प्रभावशाली व्यक्तिलेले सिक्किम राज्य ठूलो हुने सम्भावना छ भन्ने बयान दिएयता सिक्किम राज्यबारे ठूलो षडयन्त्र  बइरहेको अनुमान गर्दै यो बैठक बसेको बताइएको छ।

बैठकमा एसकेएम पार्टीको पक्षबाट कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चा, कार्यकारिणी अध्यक्ष एम पी सुब्बा ,नवीन कार्की, प्रदेश काङ्ग्रेसका अध्यक्ष भारत बस्नेत, सिबलेकका संयोजक छितेन ताशी भुटिया, गोर्खा एपेक्स कमिटीका संयोजक पासङ शेर्पा, नसबोका संयोजक फिगु छिरिङ भुटिया, टैक्सी ड्राइवर सङ्घका प्रतिनिधि, सचेत नागरिक ओपी भण्डारी तथा विभिन्न सङ्गठनका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।

सिक्किम सङ्ग्राम परिषद पार्टीले स्वर्गीय नरबहादुर भण्डारीको निधनमा पार्टी एक महिना सम्म शोकमा रहेकोले बैठकमा सहभागिता  बन्न नसक्ने पत्र पठाएको थियो भने एसडीएफ पार्टी र राज्य बीजेपी पार्टीका कोही सदस्यहरू अनुपस्थित थिए।

सिक्किम क्रान्तिकारी मोर्चाका प्रसार प्रचार महासचिव विरेन्द्र तामाङले जारी गरेको विज्ञप्तिमा

आरएसएसका सदस्यको उक्त बयानप्रति आपत्ति जनाइएको अनि यस्तो बयान कुनै पक्षबाट आएमा सहन नगरिने उल्लेख गरिएको छ।

‘यो बिषयमा झट्ट मुख्यमन्त्री पवन चामलिङ र सिक्किम सरकारले झट्ट स्पष्टिकरण दिनुपर्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘सिक्किम सरकार यस्ता बयानहरू आउँदा किन मौन बस्छ? यो विषयमा सिक्किम सरकार गम्भीर हुनुपर्छ। यति संवेदशल कुरामा पनि प्रतिक्रिया नगर्दा सरकारप्रति शङ्खा उत्पन्न भएको छ।’

विज्ञप्तिमा सिक्किमको विशेष संवैधानिक सुरक्षा ३७१ एफलाई हटाउने साथै यसलाई छेड़छाड़ गर्ने कोशिश भइईरहेको अनि अब ३७१ एफको सुरक्षाको निम्ति सबै राजनैतिक तथा गैर-राजनीतिक संस्थाहरु कम्मर कसेर अघि आउनु पर्ने सम्बन्धमा पनि बहस गरिएको बताइएको छ।

सिक्किम-दार्जीलिङ विलयको विरोधमा आन्दोलन गर्न बैठकले उपस्थित सदस्यहरूबाट नै एउटा तदर्थ समिति गठन गरेको छ। जसमा एसकेएम पार्टीकस कार्यकारिणी  अध्यक्ष एमपी सुब्बालाई संयोजक रहेका छन् भने अन्य सदस्य रहेका छन्। तदर्थ समितिले यसै सन्दर्भमा १४ तारिकको दिन एउटा सभा गान्तोकमा गर्ने भएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन