कालेबुङमा उठाइयो आमरण अनशन, अनशनकारीहरूको योगदानको मूल्याङ्कन अवश्य नै हुनेछ- विधायक सरिता राई

????????????????????????????????????

कालेबुङ, 14 अगस्त।

गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा गोर्खाल्याण्ड राज्य गठनको माग लिएर शुरू गरिएको आमरण अनशन आज 25 औं दिन उठाइएको छ। गत 21 जुलाईदेखि चारवटा महकुमामा 3-3 जना गरि शुरू गरिएको आमरण अनशन अन्तर्गत कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली अनि अजित रोका अनशनमा बसेका थिए। आज उक्त तीनै जना अनशनकारीहरूलाई विधायक सरिता राईको बाहुलीबाट जुस पिलाएर अनशनबाट उठाइयो।

“गृहमन्त्री राजनाथ सिंहले हिजो दिल्लीमा गएका जीएमसीसी टोलीलाई हामीले तिमीहरूको माग बुझिसकेका छौं, पहाडमा शान्ति बहाली कायम गर अनि आमरण अनशन फिर्ता लिइदेउ यसमाथि अझ लामो चर्चा गर्न पर्छ भनेर बारम्बार आग्रह गरेको कारण नै हामीले अनशन उठाएका हौं”- अनशनकारीहरूलाई खदा लगाएर जुस पिलाएपछि विधायक सरिता राईले उठाउनुको कारणबारे यसरी बताइन्।

उनले अझ भनिन्- “यद्यपि आन्दोलन सकिएको छैन, हामी आन्दोलनरत छौं अनि जबसम्म गोर्खाल्याण्ड प्राप्त हुँदैन तबसम्म गृहमन्त्री अनि उनको मन्त्रालयको माध्यमबाट भएर अघि बड्नुपर्ने भएकाले गर्दा नै हामीले गृहमन्त्रीको आग्रह सुनेर अनशन उठाएका हौं।”

“आफ्नो प्राणको उत्सर्ग पनि दिन तयार बनेर अनशनकारीहरूले एउटा ठूलो उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले दिएको योगदानको एकदिन अवश्य नै मूल्याङ्कन हुने वचन हामी यो परिसरबाट दिँदछौं”-विधायक सरिता राईले भनिन्। अनशनकारीहरूलाई आज विधायक सरिता राईपछि मोर्चाका नेतृवर्ग, भातृ सङ्गठनका पदाधिकारीगण आदिले पनि खदार्पण गरेर सम्मान जनाए। त्यसपश्चात अनशनकारीहरूलाई दुईवटा एम्बुलेन्स हालेर सोझै कालेबुङ जिल्ला अस्पतालमा लगियो जहाँ उनीहरूलाई एचडीयू वार्डमा राखिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 mr.goth[email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन