अन्ततः विलयबारे मुख खोले पवन चामलिङलेः भने-जसले सिक्किम-दार्जीलिङ विलयको कुरा गर्दैछन्, उनीहरू नै विलयको पक्षमा छन्

गान्तोकः स्वाधिनता दिवसको अवसरमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले चलिरहेको सिक्किम-दार्जीलिङ विलयको हल्लाबारे मुख खोलेका छन्।

केहीदिन अघि एक भाजपा नेताले सिक्किम-दार्जीलिङ विलयबारे केन्द्रले निर्णय गर्न सक्छ भनिदिए यता यसको विरोधमा सक्किमका दलहरू गोलबद्ध भइरहेको छ।

पवन चामलिङले अघिल्ला आन्दोलनहरूमा गोर्खाल्याण्डबारे खुलेर बोलेका थिएनन्। उनी केवल राष्ट्रीय राजमार्ग र आन्दोलनले सिक्किमलाई पारेको असरबारे बोल्थे तर यसपल्ट उनले खुलेर गोर्खाल्याण्डको समर्थन गरे।

अचानक किन चामलिङले गोर्खाल्याण्डबारे खुलेर बोले? किन खुलेर समर्थन गरे? भनेर प्रश्न गर्ने त छँदैछन्, चामलिङलाई अचानक केन्द्रले बोलाएर बैठक गरेपछि भने विभिन्न हल्ला चलिरहेको छ।

हल्ला अनुसार केन्द्रले चामलिङसित सिक्किम-दार्जीलिङको विलयबारे राय मागेको हुन सक्छ। यसै कारण चामलिङले गोर्खाल्याण्डको खुलेर समर्थन गरे ताकि आन्दोलनकारीहरूले विलयबारे सोच्न नसकोस्।

समर्थन नै गरेपछि विलयबारे आन्दोलनकारीहरूलाई कुरै गर्न पनि नैतिकताले दिँदैन, यही कुरा बुझेका चामलिङले यसपल्टको आन्दोलनलाई समर्थन गरेका हुन्, भनेर अनुमान गर्नेहरू पनि छन्।

यसपल्ट सिक्किमवासीले आन्दोलनलाई खुलेर सहयोग गरे। दैनिकरूपमा राशिन र राहत प्रदान गर्न सिक्किमबासी खटिरहेका छन्। गान्तोकमा निकालिएको ऱ्यालीमा पनि हजारौं मानिसहरू सहभागी बनेका थिए, जसको कारण दार्जीलिङलाई उर्जा प्राप्त भएको थियो तर विलयको कुरा आएदेखि सिक्किमवासीमा धेरै प्रकारका चर्चा शुरु भएको छ।

केही दलहरू विलयको विरोधमा खुलेरै गोलबद्ध भइसकेका छन्। उनीहरूले बारम्बार नै राज्य सरकार यति संवेदनशील मुद्दामा किन मौन छ? भनेर प्रश्न गरिरहेका थिए।

उनीहरूलाई पवन चामलिङले आज जवाब दिएका छन्। मुख्यमन्त्री पवन चामलिङले अहिले सिक्किम-दार्जीलिङ विलयबारे उत्पन्न राजनैतिक बयानबाजीमाथि आफ्नो सरकारको अडान स्पष्ट पारेका छन्। ‘हाम्रो सरकार भइञ्जेल सिक्किम-दार्जीलिङ विलय हुनु दिँदिन,’ उनले आज भने, ‘जसले आज सिक्किम-दार्जीलिङ विलयको कुरा गर्दैछन्, उनीहरू नै विलयको पक्षमा छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन