एसएसबीको कब्जामा स्कूलः पातलेबासबाट भागे विमल गुरूङ

दार्जीलिङः 9 दिनदेखि लगातार दार्जीलिङका एसपी अखिलेष चतुर्वेदीको अगुवाईमा पुलिसको ठूलो समूहले पातलेबास कब्जा गर्ने कोशिश गरिरहेको थियो, तर कब्जै गरिहाल्ने आँट भने गरेको थिएन। कब्जा गर्ने त परको कुरा पातलेबास पुग्ने आँटसम्म गरेको थिएन।

तर हिजो भने उनकै अगुवाईमा गएको पुलिसहरूले पातलेबास नाघेर पनि पुलिस गस्ती मालिधुरा पुगेर विमल गुरूङद्वारा निर्मित स्कूल नै कब्जामा लियो।

मालिधुरामा विमल गुरूङले कञ्चनजङ्गा स्कूल बनाएका थिए। यो स्कूल र होस्टेल पुलिसले कब्जामा लिएको छ अनि त्यहाँ एक कम्पनी एसएसबी राखेको छ।

कब्जामा लिएपछि दार्जीलिङ जिल्ला शासक जोयसी दासगुप्तले एउट सूचना पनि टासेकी छन्।

सूचना अनुसार गुरूङले स्कूल भवन अवैद्धरूपमा बनाएका हुन्। श्रीद्वारिका चियाबगानका प्रबन्धकलाई उल्लेख गर्दै जारी गरिएको सूचनामा सांसद र एनएचपीसीको कोषको प्रयोग गरेर बिल्डिङ बनाइएको हो। जुन जमिनमा बिल्डिङ बनाइएको छ, त्यो सरकारले चियाबगानलाई लिजमा दएको जमिन हो।

‘बनाइएको भवन फोर्सको निम्ति प्रयोग गर्न दिइयोस्,’ सूचनामा लेखिएको छ, ‘किन भने पहाडमा सरकारी सम्पति नष्ट गर्ने, हिंसा गर्ने र जनतालाई आतङ्कित पार्ने काम हुँदैछ।’

यता आज लोवर गिङको स्वाधिनता दिवसमा सलामी थाप्न अचानक विमल गुरूङ देखापरेका थिए,जसलाई सम्बोधन गर्दै गुरूङले आफू पातलेबासबाट भाग्नुपरेको खुलासा गरेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन