मदन हत्याकाण्ड: विमल छुटे, रहल आरोपीहरू विरुद्ध फ्रेमिङ अफ चार्ज २८-मा

कलकत्ता: कलकत्ता सिटी सेसन्स कोर्टले आज अखिल भारतीय गोर्खा लिग (अभागोली) वरिष्ठ नेता मदन तामाङ हत्याकाण्ड मामिलाबाट मूल आरोपी गोजमुमो मुखिया विमल गुरुङ लाई छुट दिएपछि पुलिस प्रशासनले पानीखेदो गरिरहेको अवधिमा गुरुङलाई एक तरेली राहत मिलेको छ।
हर्कबहादुर छेत्री, विनय तामाङ, रोशन गिरी, आशा तामाङ लगायत हत्याकाण्डका अन्य ४२ लगायतविरुद्ध भने मामिला लाग्ने भएको छ। सूचीमा १२ महिलाको नाम छ।
खबरम्याग्जिन सूत्रले जनाएअनुसार आउँदो २८ अगस्तको दिन यस मामिलामा सीबीआईले लगाउने फ्रेमिङ अफ चार्जको सुनवाइ शुरू हुनेछ।
अब पनि आरोपीहरू अदालतमा उपस्थित नरहेको खण्डमा उनीहरू विरुद्ध पक्राउ आदेश निकालिन सकिने जानकारी पनि पाइएको छ।
अर्कोतिर, अभागोली साङ्गठनिक सचिव सुदर्शन राईले खबरम्यागजिन-लाई बताए, “कलकत्ता सेसन्स अदालतको फसेला भारतीय न्यायपालिकाकै लागि अँध्यारो दिन हो। गोजमुमो अध्यक्ष विमल गुरुङलाई मदन तामाङ हत्याकाण्डबाट मुक्ति दिने यस फसेलाविरुद्ध हामी सर्वोच्च  न्यायालयमा चुनौती दिनेछौं।”
“सीबीआई-को जाँच प्रक्रियामा राजनैतिक हस्तक्षेप भएको छ,” उनले थपे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन