सिलगढ़ीमा अटोरिक्सा बन्द: टोटो हटाउने माग

सिलगढ़ी: विगत केही महिनादेखि शहरमा गुड़्ने तेलचलित अटो रिक्सा र ब्याट्रीचलित टोटो रिक्सा वा इ-रिक्सा-माझ चलेर आएको शीतयुद्धले आज मल्लयुद्धको रूप लिएको छ। शहरमा अटोरिक्सा चालकहरूले आज अपराह्नदेखि अटो नचलाउने निर्णय लिएका छन्। यसले गर्दा शहरका विद्यार्थी, कार्यालयकर्मी, पर्यचकहरूलाई यातायातको समस्या सामंना गर्नु परिरहेको छ।

अटो रिक्साहरू लाइसेन्स बिना चलाउने अनुमति छ र यसको कुनै कर तिर्नु पर्दैन। जब कि अटोरिक्साको लाइसेन्स चाहिने हुन्छ अनि बकायदा कर तिर्नु पर्ने हुन्छ। टोटोको सङ्ख्या ह्वात्त बढ़ेर गएपछि अटोको अस्तित्वमाथि टोटो चुनौति भएर उभिएको महसुस अटोचालकहरू गर्दैछन्। उनीहरूले लाइसेन्स पनि नचाहिने र कर पनि त्रनु नपर्ने टोटोहरूको मनपरी र जथाभावी आवागमनले ट्राफिक समस्या बढिरहेको कारण देखाउँदै टोटोमाति प्रतिबन्ध लगाइनुपर्ने माग गरेका थिए।

हुँदा हुँदै हिल कार्ट रोडमा हिजो एक अटो चालक र टोटो चालकमाझ हातापाइ भएको थियो। यसै घटनालाई केन्द्र गरेर आज अटोटालकहरूले अटो परिचालना बन्द राखेका छन्।

यो खबर लेखुञ्जेल अटो-टोटो सङ्घर्षको कुनै ठोस समाधान निस्किसकेको थिएन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन