दार्जीलिङमा विस्फोटः ठूलो क्षति भएन

दार्जीलिङः  शुक्रबार मध्यराती दार्जीलिङमा तीब्र आवाजमा बम पड्किएको घटनाले सुनसनी मच्चाएको छ।

विस्फोटस्थल नजिकका घरका खिड्कीका ऐनाहरू फुटेको अनि सटरमा छेंडपरेकोबाहेक अरू ठूलो क्षति भने भएन।

‘दार्जीलिङको पुरानो सुपरमार्केट छेउ राती 12.15 बजी ठूलो विस्फोट भएको थियो, तर ठूलो हानी भने कतै भएन,’ पुलिस अधिक्षक अखिलेश चतुर्वेदीले घटनाको निरिक्षणपछि भने, ‘घटनाको जाँच चलिरहेको छ।’

दार्जीलिङको मुटु मानिने सिंहमारी मोटरस्ट्याण्डको छेउमा विस्फोट भएको बताइएको छ। ‘मध्यराती ठूलो आवाज आयो, के भएको हो भन्ने कुराको हेक्का नै भएन। पछि सटर छेँडेको, खिड्कीका ऐनाहरू फुटेको देख्यौँ,’ स्थानीय एक नागरिकले भने, ‘हामीलाई त पुरा डर लाग्यो, रातभरि सुतेनौँ।’

आज विहान घटनास्थलमा मानिसहरूको भीड जमेको थियो। यता गोर्खाल्याण्डको आन्दोलन चलिरहेको छ। अनिश्चितकालीन बन्द पनि जारी छ। यसप्रकारको घटना अघि देखिएको थिएन। पहिलोपल्ट दार्जीलिङमा यो विस्फोटको घटना देखापरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन