विस्फोट काण्ड गोजमुमोका शीर्षस्थ नेताहरूको षड्यन्त्र रहेको बताए जिल्ला पुलिस अधिक्षकले, मुद्दा दर्ता

कालेबुङ,  20 अगस्त।

कालेबुङमा गत राति भएको बम विस्फोट काण्डलाई लिएर पुलिसले सोझै गोजमुमोलाई दोष्याएको छ।  कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले घटनामा गोजमुमोको हात रहेको अनि गोजमुमोका शीर्षस्थ नेताहरू विरूद्ध घटनालाई कार्यरूप दिन षड्यन्त्र रचेको आरोपमा मुद्दा दर्ता गरिएको बताएका छन्।

“घटनालाई लिएर हामी सीसीटीभी फुटेज खँगाल्ने काम गरिरहेका छौं। यद्यपि षड्यन्त्र गोजमुमोकै शीर्ष नेताहरूको पनि छ। किनकी गत अडाई महिनादेखिको आन्दोलन अवधि गोजमुमोका धेरै वक्ताहरूले पुलिसमाथि एट्याक गर्ने वक्तव्य दिएका थिए। गुप्तचर विभागले पनि गोजमुमोले आन्दोलनलाई एक्सप्लोसिभ अनि भायोलेन्स तर्फ लगिरहेको जानकारी दिइसकेको थियो। जुन अहिले आएर सत्य साबित भएको छ”- जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले घटनालाई लिएर गोजमुमोप्रति यसरी औंल्याए। यद्यपि घटनालाई लिएर क-कसको विरूद्धमा मुद्दा दर्ता गरिएको छ उनले बताउन चाहेनन्।

उनले अझ भने- “गोजमुमोले आन्दोलनलाई एक्सप्लोसिभ अनि भायोलेन्स तर्फ लगिरहेको कुरा पुलबजारको एक्सप्लोसिभ लुटको घटना, दार्जीलिङको विस्फोट अनि कालेबुङको घटनाले स्पष्ट पारेको छ। त्रासदी फैलाएर उनीहरू राज्यको विरूद्ध लडाई गरिरहेका छन्। यसर्थ गोजमुमोका शीर्षस्थ नेता अनि कतिपय व्यक्तिहरू विरूद्ध मुद्दा दर्ता गरिएको छ।”

घटनामा प्रयोग गरिएको विस्फोटक ‘कन्ट्रीमेड हाई एक्सप्लोसिभ’ रहेको बताउँदै उनले अझ भने- “हामी अहिले इन्भेस्टीगेसन गरिरहेका छौं तथापि घटनाहरूलाई हेर्दा वेल ट्रेन मानिसहरूले नै यसलाई कार्यरूप दिएको स्पष्ट देखापर्छ।” घटनालाई कार्यरूप दिन नर्थ इष्टको आतङ्कवादी सङ्गठन तथा मावोवादीहरूको सहयोग लिइएको हुनसक्ने सङ्केत पनि उनले दिए। घटनालाई लिएर छानबीन गर्न सीआईडीको बम स्वाइड कालेबुङ आउने जानकारी पनि उनले दिए।

विस्फोट काण्डमा छात्तीमा चोट लागेर मृत बनेका सिभिक पुलिस 31 वर्षिय राकेस रावतको शव आज पोष्टमार्टमको निम्ति सिलगडी पठाइएको छ भने घाइते  होमगार्ड ढेण्डुप भोटीया(48) हाल सिलगडीको एउटा नर्सिङ होममा उपचाराधिन रहेका छन्। भोटीयाको पाखुरामा चोट लागेको जिल्ला पुलिस अधिक्षकले बताए भने अर्का एकजना एसएसबी जवान मनोज डेक्कालाई अनुहारमा चोट लागेको जसको प्राथमिक उपचार आर्मी हस्पिटल कालेबुङमा गरिएको उनले जानकारी दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन