20 प्रतिशत बोनसको माग

दार्जीलिङः गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले 20 प्रतिशतको बोनस दिनुपर्ने माग गर्दै यसको लागि शीघ्र बैठक शुरू गर्ने अपील गरेको छ।

आज श्रमिक संगठनले यसै माग लिएर चियाबगानका मालिक संगठन क्रमैले डीटीए (दार्जीलिङ टी एसोसिएशन) र आईटीए (इन्डियन टी एसोसिएशन)-लाई पत्राचार गरेको संगठनका महासचिव सुरज सुब्बाले जानकारी गराएका छन्।

उनले भने-महान पर्व दशैं आउनै लागेको छ, तर अहिलेसम्म चियाश्रमिकहरुको बोनस विषय लिएर बैठक शुरू भएको छैन। तर यसपाली 20 प्रतिशतको दरलेनै बोनस दिनुपर्छ अनि यसको लागि बैठक शीघ्र शुरू होस्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया