गोरामुमोलाई ममता व्यानर्जीले बोलाइन् वार्तामाः गोरामुमोबाहेक अरु दल पनि इच्छुक भए भाग लिनु सक्छन्-ममता व्यानर्जी

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले राज्यले वार्तामा बोलाए जाने इच्छा व्यक्त गरेको राष्ट्रीय दैनिकहरूले समाचार प्रकाशित गरिसकेको छ। यता जीएमसीसी प्रमुख कल्याण देवानले पनि जीएमसीसीको इच्छा व्यक्त गर्दै राज्यले बोलाए वार्तामा जाने भनिसकेका छन्।

‘केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले जीएमसीसीलाई राज्यसित कुरा गर्नु भनिसकेका छन्। तर कसैले पनि कुरा गर्ने वातावरण तयार नै पारेन, यसकारण गोरामुमोले राज्यलाई वार्तामा बोलाइयोस् भनेर पत्र पठाएको थियो,’ राज्यले गोरामुमोलाई मात्र वार्तामा बोलाएको हल्ला चलेपछि गोरामुमो नेता निरज जिम्बाले भने, ‘केन्द्रिय गृहमन्त्रीको कुरालाई मान्दै, गोरमुमोको स्वार्थको लागि होइन, जनहितको लागि नै गोरामुमोले वार्ता बोलाइयोस् भनेर वातावरण तयार पार्न पत्र पठाएको हो।’

आज मुख्यमन्त्री ममता व्यानर्जीले गोरामुमो प्रमुख मन घिसिङको त्यही अनुरोधको सम्मान गर्दै गोरामुमोलाई वार्तामा बोलाएकी छन्। ‘गोरामुमोबाहेक अरु दल पनि इच्छुक भए भाग लिनु सक्छन्,’ ममता व्यानर्जीले भनेकी छन्।

यता पहाडमा भने गोरामुमो लगायत सबैलाई नै वार्तामा बोलाएको हल्ला चलेको छ। गोरामुमोलाई 29 अगस्तको दिन कोलकत्ता बोलाएको छ। यता कुनै पनि दललाई भने आधिकारिक निम्तो छैन।

‘राज्य सरकारबाट त्यस्तो अनुरोध गरेको पत्र अहिलेसम्म हामीले पाएका छैनौं,’ जीएमसीसी प्रमुख कल्याण देवानले भने, ‘पाएपछि त्यसबारे विचार गर्नेछौँ।’

यता गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय समितिको बैठक भयो। जहाँ विमल गुरूङ अनुपस्थित थिए। राज्य सरकारले वार्तामा बोलाएको सन्दर्भमा विनय तामाङले कुनै पत्र नपाएको बताए।

‘आधिकारिक केही पाइएको छैन,’ उनले भने, ‘पाएपछि बैठक गरेर जाने नजाने निर्णय गर्नेछौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन