जीएसएसएसले गऱ्यो वार्ताको विरोधः भन्यो-बरू आन्दोलनको ठोस रणनीति तयार पारः वैकल्पिक शक्ति तयार पार्न दिल्लीमा जुटौं

दिल्लीः दिल्लीको गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले शान्ति बहालीको निम्ति गोरामुमोले ममता सरकारलाई पठाएको पत्र अनि यसैको आधारमा बोलाएको बैठकको विरोध गरेको छ। जीएसएसएसका अध्यक्ष किरण बिकेले भनेका छन्, २९ तारिक गोरामुमोद्वारा पहाडमा शान्ति बहालीको निम्ति ममता सरकारलाई पठाएको अनि  गोर्खाल्याण्डको उल्लेखसम्म नगरिएको प्रार्थना-पत्रको जवाबमा बोलाएको बैठकको हामी घोर बिरोध गर्दछौँ।

कुनैपनि राजनैतिक पार्टीले शान्ति-बहालीको निम्ति वार्ताको पहल नगरोस्गोर्खाहरू शान्ति-बहालीको निम्ति शहिद भएको होइनआन्दोलनभन्दा पहिला पहाड शान्त नै थियो। शान्ति-बहालीको निम्ति जनता भोक-भोकै बसेका होइनन्। गर्ने हो भने राजनैतिक स्तरको गोर्खाल्याण्डको एजेण्डा र रणनीतिसहित त्रिपक्षीय वार्ताको पहल होस्यसको निम्ति कार्यक्रमको पहल होस्, विकेले भने, बङ्गालकै दस्वत्वभित्र यत्रो पुस्ता पिसिएर विभिन्न प्रकारको कष्टदायी जीवन यापन गर्न बाध्य रहेको गोर्खाहरूले दुईचोटी बङ्गलभित्रको व्यस्वथालाई चलाएर हेरिसकेको छ। ममता सरकारको हामी गोर्खाहरूप्रति हेर्ने नजरिया कस्तो छस्पष्ट देखिसकेका छौं।

उनले गोर्खाहरूलाई जात-जातमा फुटाउने प्रयास र गोर्खाभित्रै मनमुटाव बनाएर गोर्खाको माग अलपत्र पर्ने प्रयासदेखि लिएर नेपाली भाषा मास्नको निम्ती जबर्जस्ती बङ्गाली भाषा थोपने प्रयासचुनावमा विभिन्न लालच र प्रलोभनहरू दिएर बङ्गाली शासन पहाड भित्राउने प्रयास,अनि कुनैपनि युक्ति काम नलाग्दा “न रहे बाँस न बजे बाँसुरी” भन्ने धेयले आन्दोलनकारी गोर्खालाई आतङ्कवादी भन्दै विदेशी शक्तिद्वारा सञ्चालित जाति देखाएर देशद्रोहको कलङ्कसम्म लगाएर गोर्खा जातिनै यो भूभागबाट मास्ने प्रयास गरिरहेको पनि बताएका छन्।

बङ्गाल सरकारको यिनै कालो नीति र कुठाराघातबाट जति उन्मुक्तिको निम्ति जनताले यो आन्दोलनमा यत्रो योगदान दिएको हो। भोलिको कर्णधार मानिने विद्यार्थीहरूको भविष्य खराब भएको छ।  लुटी ल्यायो भुटी खायो गर्ने चिया कमान र बन बस्तीका  मजदुरबर्गले खुनको आँसु पिएर साथ दिएको छ, खबरम्यागजिनसित कुरा गर्दै विकेले अझ भने, कसैले आफ्नो कोख समेत खाली गरेको छ। कसैले आफ्नो सिन्दुर पुछेको छ। कति टुहुरो भएको छ। यो आन्दोलन अवधि बङ्गालको यो क्रुर राक्षसी शक्तिले कुल्ची-मिल्ची पर्दा बिमारीले बिमारी भन्नु पाएन। सुत्केरी भन्नु पाएन। आफ्नै भूभाग भित्रपनि हाम्रा मानिसहरू आफ्नो घरमा सुत्नसम्म पाएनन्।  यो सब जनताको योगदान मात्र बङ्गालदेखि छुटनाम गर्दै अलग राज्य गोर्खाल्याण्ड निर्माणको निम्ति भएको हो। यति बिध्न समस्याहरू भोगेर जनताले आफ्नो सय प्रतिसत योगदान दिएर पनि दिल्ली आउँदा पनि नियुक्ति लिएर भेट्नु जानुपर्ने अनि बङ्गालाई पनि प्रार्थना-पत्र पठाएर बोलाउन लगाउनु पर्ने यो सबैभन्दा ठुलो शरमको कुरा हो।

उनले यस्तो स्थिति हुनुमा नेतृत्व पक्षको योजना-बिहिनता रणनीतिहिन आन्दोलन नै दायी रहेको बताएका छन्।  झण्डाको लुछा-तानी बीच जनता मर्दैछ। कुनै ठोस योजना नभएको कारणले कसैले हाम्रो आन्दोलनलाई टेरेको छैन, उनले भने, ममता सरकारले बोलाएको बैठकलाई बइकट गर्नुपर्छ। यदि बङ्गालले वार्ता नै चाहन्छ भने लिखितमा गोर्खाल्याण्डको एजेण्डासहित जीएमसीसीलाई दुई पक्षीय वार्ताको निम्ति बोलाउनु पर्छ। जसको बारेमा विचार गर्न सकिन्छ।

आन्दोलनले लक्ष्य प्राप्त गर्न सकेको छैन भने लक्ष्य बद्लिनु नहुने अनि आन्दोलनको रूपरेखा र योजना तयार पार्नुपर्ने बताउँदै उनले केन्द्रले ममतालाई नै गएर भेट्ने सुझाव राख्नुमा पनि आन्दोलनकर्ताहरूको राजनैतिक अससक्षमता प्रमुख कारण रहेको उनले बताए।

र्खाल्याण्डको आन्दोलनलाई दार्जीलिङ केन्द्रित बनाएकोले गर्दा केन्द्रले यो बङ्गाल भित्रको भूभागमा भएको कानुनी व्यस्थाको गडबडीको हिसाबले हेरिरहेकोछ। हामीले गोर्खाल्याण्डको मुद्दा भारतभरि छरिएर बसेको १.५ करोड़ गोर्खाहरूको मुद्दा भन्दै कराई रहेका त छौं तर कार्यरूपमा भने राष्ट्रियस्तरको काम नै भएको छैन, उनले भने,  जतिपनि आन्दोलन हुँदैछ योजना बिहिन छ, पहाडमा आफ्नै जनतालाई थकाउने र मर्कामा पर्ने काम हुँदैछ। प्रशासन र सरकारपक्षलाई चेपारोमा पर्ने जस्ता योजनाबद्ध कार्यक्रम भने पटक्कै भएको छैन। 

उनले दार्जीलिङ आन्दोलनको केन्द्र वा ग्राउन्ड जिरो भए पनि आन्दोलनलाई राष्ट्रिय स्तरमा लैजानु अनिवार्य रहेको अनि यसै सम्बन्धमा जीएमसीसीलाई प्रस्ताव पनि राखेको बताउँदै २९ राज्यहरूबाट प्रतिनिधि सम्मिलित गरेर राष्ट्रिय स्तरको कमिटि बनाएर राष्ट्रिय स्तरको आन्दोलन घोषणा गर्नु अनिवार्य रहेको बताएका छन्।

केन्द्रलाई हस्तक्षेप गर्न बाध्य बनाउन  दिल्लीबङ्गलोरमुम्बईआसमहरियाणा लगायत जम्मै २९ वटा राज्यलाई नै आन्दोलनको ग्राउन्ड जिरो बनाउनुपर्छ।  २९ वटा राज्यमा नै हजारौंको संख्यामा निस्केर अनशन, जुलिसघेराव सुरू गरौं अनि हेरौं केन्द्र हल्लिँदोरहेछ कि नहल्लिदोरहेछ,विकेले भने, यति गरेपछि हेरौं ममताले कता कता पुलिस बल लगाउने रहेछ। ककसलाई पक्राउ गर्दोरहेछ। अहिले हामीले दार्जीलिङलाई मात्र ग्राउन्ड जिरो भन्दै पुरा आन्दोलनलाई नै दार्जीलिङ केन्द्रित गरेकोले गर्दा सरकारलाई सजिलो भएकोछ यसलाई दबाउन।

उनले राज्य दार्जीलिङमा नै बनिने तर केन्द्र र राज्यलाई दवाब बनाउन, त्रिपक्षीय वार्ता बोलाउनु बाध्य पार्न भने आन्दोलनलाई राष्ट्रीयरूप दिन भने अनिवार्य रहेको बताएका छन्। पहाडका आर्दोलनकारीहरूको मर्का जीएसएसएसले बुझेको तर शुऱु भएको आन्दोलनलाई यतिकै शिथिल नगरेर नयाँ रणनीतिसितै अघि बढ्नको ठूलोरूपले काम गर्नुपर्ने पनि बताए।

यो आन्दोलनलाई जनताले यहाँसम्म ल्याएको छ आबो हामीले घुँड़ा टेके हाम्रो छोरा छोरी र पिँढि दर पिँढिले कहिले शिर उचो गर्न सक्ने छैनन्। वैकल्पिक ठोस रणनीति नबनाइकन बन्द खोल्नु हुँदैन। हाम्रो नेतृत्व पक्षलाई पनि भन्न चाहन्छौ कि आबो पुनर्विचार गरौँ। राष्ट्रिय स्तरको आन्दोलनको तयारी गरौँ नयाँ रणनीति तयार गरौँ। जसमा हाम्रो जनतालाई होइन प्रशासन र सरकारलाई  फिटि फिटि परोस्, उनले भने, हामीले जीएसएसएसको तर्फबाट यसलाई रास्ट्रीयकरण गर्ने प्रयास स्वरूप र यसको प्रारूप तयार गर्ने उदेश्य ले २७ अगस्तको दिन महाअनशन  अनि राष्ट्रिय भेला राजधानीमा बोलाएका छौँ। हामी सम्पूर्ण राष्ट्रव्यापी  गोर्खे बुद्धिजीवी, राजनैतिक नेताअराजनैतिक नेता,  समालोचक र विश्लेषकहरूलाई उक्त भेलामा उपस्थित भएर वैकल्पिक रणनीति र शक्ति निर्माणमा जुटौँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन