बैठकमा मोर्चा पनि जानेः शान्ति फर्काउन विमल गुरूङले लेखे ममतालाई पत्र

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले राज्यकी मुख्यमन्त्रीलाई पत्र पठाएर 29 अगस्तको बैठकमा  आफ्नो दलले अंशग्रहण गर्ने जानकारी दिएका छन्। मुख्यमन्त्री ममता व्यानर्जीले पनि मोर्चाको पत्र प्राप्त भएको बताएकी छन्।

अर्कोतिर मोर्चा प्रमुख विमल गुरूङले पनि पहाडमा शान्ति बहालीको निम्ति आग्रह गर्दै मुख्यमन्त्रीलाई पत्र पठाएका छन्।

गुरूङको पत्रमा दागोपाप र जीटीएले जनाकांक्षा पुरा नभएको भन्दै शीघ्र नै राज्यले राजनैतिक बैठक बोलाउनुपर्ने माग गरेका छन्। यसबाहेक पनि उनले पुलिसले गोली ठोकेर जनता मारेको घटनाको सीबीआई जाँच हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने, आन्दोलनकारीहरूमाथि लागिको मुद्दा फिर्ता गरिनुपर्ने अनि पक्रा परेका आन्दोलनकारीहरूलाई मुक्त गर्नुपर्ने माग राखेका छन्।

पत्रमा पहाडमा शान्ति बहालीको निम्ति शीघ्र नै राजनैतिक बैठक बोलाउनु पर्ने मागमा जोड दिइएको छ।

यता गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मुख्यमन्त्रीलाई पत्र लेखेर पहाडमा शान्ति स्थापनाको निम्ति राज्यलाई बैठक बोलाइदिने आग्रह गरिसकेको छ। वार्तामा गोरामुमोबाहेक गोजमुमो पनि जाने स्पष्ट भइसकेको छ भने क्रामाकपाले भने विकास र शान्तिको निम्ति भएको वार्तामा नजाने घोषणा गरिसकेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन