गोर्खालिग वार्तामा नजानेः कुरा फेर्नेहरूसित होसियार

कालेबुङः गोरामुमोले हामीलाई बोलाइदेउ भनेर गरेको अनुरोधपछि गोजमुमो, गोरामुमो, जाप र गोर्खालिगलाई राज्य सरकारले 29 अगस्तको दिन वार्ताको लागि निम्तो पठाइसकेको छ। आज लिगले ममता सरकारले बोलाएको वार्तामा नजाने घोषणा गरेको छ।

हामी चिट्ठी पठाउने पार्टी होइन, कुरा फेर्ने पार्टी पनि होइन। हामी ममता व्यानर्जीले शान्ति र विकासको लागि बोलाएको वार्तामा जाने छैनौं,गोर्खालिग महासचिव प्रताप खातीले खबरम्यागजिनसित भने, 9 जना शहिद भइसकेका छन्, 75 जना पक्राउ परिसकेका छन्, 100 जना घाइते छन्, मानिसहरूको वेतन काटियो, लाखौँ मानिसले दुःख पाए, यी जम्मै गोर्खाल्याण्डको लागि हो। हामीलाई बोलाउ भनेर अनुरोध गरीगरी बोलाएको बैठकमा जानु यी सारा जनतालाई धोका दिनु हो।

इमान्दारसित ऱणनीतिसित आन्दोलन गर्नुको साटो बङ्गाललाई वार्तामा बोलाउ भन्नुबाट नै नेतृत्व गर्नेहरूको जनतालाई भड्कालोमा हाल्ने असली चरित्र रहेको भन्दै खातीले वार्तामा जानेहरूले मुद्दा बेचे जनताले राम्रो नगर्ने पनि बताए।

नजाने गाउँको बाटो सोध्ने पार्टी होइन गोर्खालिग तर नजाने गाँउ जानेहरूले मुद्दा बिगारे लिगले ठिक गर्ने छैन, उनले भने, जनता होसियार बस्नुपर्छ, धोका हुनु दिनुहुँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया