डा. हर्कबहादुर छेत्रीसहित जापबाट पाँचजनाले वार्तामा जनाउने भयो सहभागिता

कालेबुङः मङ्गलबार कोलकातामा हुन गइरहेको राज्यसितको वार्तामा जन आन्दोलन पार्टीले पनि सहभागिता जनाउने भएको छ। पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्री स्वयंको नेतृत्वमा जापको पाँच सदस्यीय टोली कोलकाता जाने भएको छ। आज पार्टीका मूल सचिव नयन प्रधानले उक्त कुराको जानकारी गराउँदै पार्टीले जनताबाट लिएको सुझाव अनुरूप कोलकाताको वार्तामा जाने निर्णय लिएको बताए।

उनले भने-“हामीले वार्ताको निम्ति पत्र पाएपछि जाने-नजाने भन्ने विषयमा निर्णय लिने अधिकार जनतालाई दिएर उनीहरूको सुझाव सङ्ग्रह गरेका थियौं। जनताबाट सङ्ग्रह गरिएको सुझावमा वार्तामा सहभागिता जनाउने सुझाव 99 प्रतिशत आएकोले नै हामीले यो निर्णय लिएका हौं।”

कोलकाताको वार्तामा जाने टोलीमा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री लगायत ब्यूरो सदस्यद्वय अनमोल प्रसाद, अमर लामा, चिया सिन्कोना जन श्रमिक सङ्गठनका अध्यक्ष आर सी गिरी, जन चेली एकाईंकी अध्यक्ष प्रतिभा कुमाई सामेल रहने छन्।

वार्तामा जनताको सुझावअनुरूप गइरहेको यद्यपि पार्टी पक्षबाट राज्यसमक्ष राख्नलाई कुनै कुरा नरहेको उनले बताए। “हामी त्यहाँ गएर सुन्नेछौं के-कसो छ। यद्यपि हाम्रो पक्षबाट कुनै एजेण्डा भने छैन।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन