विस्फोट काण्डमा संलग्न रहेको आरोपमा एकजना पक्राउ, 7 दिनको पुलिस रिमाण्डमा

कालेबुङः कालेबुङ थानामा भएको बम विस्फोट काण्ड लगायत अन्य जङ्गी क्रियाकलापमा संलग्न रहेको आरोपमा पुलिसले विजय छेत्री नामक 28 वर्षिय युवकलाई पक्राउ गरेको छ।

यहाँको अलैंचीखोप निवासी छेत्रीलाई गत राति राष्ट्रीय राजमार्ग क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ। यद्यपि पुलिसले पक्राउ स्थलबारे आधिकारीक पुष्टि भने गरेको छैन। छेत्रीलाई आज कालेबुङ कोर्टमा प्रस्तुत गरिएपछि 7 दिनको पुलिस रिमाण्डमा पठाइएको छ। उनीमाथि भारतीय दण्ड संहिताको 120B/121/121A/122/203/223/326/307/302/427 लगायत विस्फोटक पदार्थ ऐन (ES ACT-714) अनि जङ्गी अर्थात गैरकानूनी क्रियाकलापमा संलग्न रहेको आरोप (UAPA ACT- 480) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पुलिसले अर्का एकजना युवक अशोक राईलाई पनि गत राति सोधपुछको निम्ति हिरासतमा लिएको थियो। यद्यपि उनलाई पुलिसले सोधपुछ गरेपछि छोडिदिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन