दार्जीलिङ र सोनादामा युवा मोर्चाको चेताउनीपूर्ण पोस्टर, पोस्टरले देखाउँदैछ गोजमुमोमा फाटो

दार्जीलिङ, 30 अगस्त।

गोर्खा जनमुक्ति युवा मोर्चाको पोस्टरले पार्टीभित्रै फाटो आएको संकेत दिएको छ। यहाँको चौकबजारमा युवा मोर्चाको नाममा टाँसिएका तीनवटा पोस्टरमध्ये एउटा पोस्टरमा बंगालकै व्यवस्थामा लाग्ने नेताहरुलाई जाँच गरी पार्टीको पद र पार्टीबाटै बर्खास्त गर्नुपर्ने पनि माग गरिएको छ।

युवा मोर्चाले आज दार्जीलिङको भित्ते समाचारको माध्यम बनेको चौकबजारको भित्तामा तीनवटा पोस्टर टाँसेको छ, जसमा गोजमुमो अध्यक्ष विमल गुरूङको अनुपस्थितिमा गोर्खाल्यान्डलाई लट्याउने नेताहरुलाई युवा मोर्चाले नछोड़्ने चेताउनी दिएको छ भने अर्को पोस्टरमा विमल गुरूङ र गोर्खा जातिलाई धोका दिन खोज्ने नेताहरु होशियार भन्ने लेखिएको छ। युवा मोर्चाले यी पोस्टरहरूमार्फत कुन नेतालाई चेताउनी दिन चाहेको हो, त्यसबारे स्पष्ट नभए पनि वर्तमान राजनैतिक स्थितिलाई ध्यानमा राखेरनै युवा मोर्चाले यस्ता चेताउनीपूर्ण पोस्टरहरू टाँसेको हो भन्ने अनुमान लगाइएको छ।

यति मात्रै होइन, युवा मोर्चाले सोनादा बजारमा पनि पोस्टर टाँसेर पार्टीका कतिपय शीर्ष नेतृत्वहरुले जाति र पार्टीलाई अन्धकारमा राखेर जातिलाई भड़्खालोमा हाल्ने कुप्रयास गरिरहेको आरोप लगाउँदै उनीहरुलाई पार्टीबाट निष्कासित गर्ने माग गरेको छ। यस पोस्टरमा पनि पार्टीका शीर्ष नेतृत्वहरु मात्रै भनिएको छ। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित पहाड़का राजनैतिक पार्टीका प्रतिनिधिहरुले हिजो वार्ता गरेपछि आज अचानक दार्जीलिङ र सोनादामा युवा मोर्चाको पोस्टर देखा परेका छन्। जसबाट राज्य सरकारसित भएको वार्तामा युवा मोर्चा खुशी छैन भन्ने स्पष्ट भएको छ।

सोनादा बजारमा देखा परेको पोस्टरमा भनिएको छ-गोजयुमो आग्रह गर्दछ कि पार्टीका कतिपय शीर्ष नेतृत्वहरुले जाति र पार्टीलाई अन्धकारमा राख्दै जातिलाई भड़्खालोमा हाल्ने कुप्रयास गरिरहेका छन्। गोर्खाको नाममा यस्ता कलङ्कहरुलाई पार्टीमा राखे पार्टीनै कलङ्कित हुनसक्छ। यसैले यी कुतत्वहरुलाई अध्यक्ष विमल गुरूङले पार्टीबाट निष्कासित गर्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन