विनय तामाङ र अनित थापालाई पार्टीबाट निलम्बित गरिनेः जबसम्म त्रिपक्षीय वार्ता हुँदैन तबसम्म बन्द जारी रहनेछ- रोशन गिरी

कालेबुङः मोर्चा सहसचिव विनय तामाङ पार्टीबाट नै निलम्बित गर्ने भएको छ। आज विनय तामाङले दुई हप्ताको निम्ति बन्द स्थगित गरेको घोषणा गर्ने वित्तिकै उनलाई मोर्चाबाट नै निकालिने मोर्चा सचिव रोशन गिरीले बताएका छन्। उनले विनय तामाङलगायत खरसाङका पूर्व सभासद् अनित थापालाई पनि मोर्चाबाट निकाल्न पार्टीले प्रस्ताव ग्रहण गर्ने बताएका छन्।

विनय तामाङले आफू खुशी गरेको अनि बन्दलाई राहत दिने व्यक्तिगत निर्णय गरेको भन्दै उनलाई आजबाट नै पार्टीको गोर्खाल्याण्ड आन्दोलनको संयोजकको पदबाट निकालिएको घोषणा गरे।

‘बन्दलाई राहत दिने विनय तामाङको कुनै अधिकार छैन, बन्दलाई राहत दिने घोषणा तामाङको व्यक्तिगत घोषणा हो, पार्टीको घोषणा होइन,’ गिरीले भने, ‘जबसम्म राज्य, केन्द्र अनि आन्दोलनकारी नेतृत्वबीच त्रिपक्षीय वार्ता हुँदैन तबसम्म बन्द जारी रहनेछ। यो आन्दोलन जनताको आन्दोलन हो। यसमा कसैको व्यक्तिगत निर्णयलाई पश्रय दिइने छैन। कसैलाई रोटी सेक्न दिइने छैन। कसैलाई पैसासित मुद्दा साट्न दिइने छैन।’

गिरीले दागोपाप, जीटीएजस्तो कुनै पनि कुरामा यसपल्ट सम्झौता नगरिने वा सम्झौता गर्ने कुरालाई नमान्ने बताए।

‘जनताले कुनै पनि व्यवस्था थाप्नको लागि आन्दोलन गरेको होइन, तर विनय तामाङ र अनित थापाहरू राज्य सरकारसित मिलेर यस्तै व्यवस्थातिर जाने कुटनीति गरिरहेका छन्,’ गिरीले भने, ‘जनताले बुझ्नुपर्छ, गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ता नभएसम्म आन्दोलन जारी राख्नुपर्छ। बन्द गरिएकै कारण केन्द्र र राज्यसित बैठक हुन सक्यो। अब द्वीपक्षीय होइन त्रिपक्षीय वार्ता हुनुपर्छ।’

उनले जनता आफैले बन्द नखोल्ने पनि उनले किटान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन