जनताले बन्द जारी राखे, जनान्दोलनको जित हुनेछ- जीएसएसएस

दिल्लीः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अध्यक्ष किरण बिकेले खबरम्यागजिनलाई बताए अनुसार केही दिन पनि बन्द तोडिए त्यो जनान्दोलनको हार हुनेछ। पहाडका नेता विनय तामाङहरू बङ्गाल सरकारत मिलेर जनान्दोलन दबाउने रणनीतिमाछन्, जसलाई पहाडको जनताले सफल हुन दिनु हुँदैन।

‘तीन महीनाको लग लाग्न आँटेको बन्दले सम्पूर्ण पहाड़को जनता पिरोलिएको त छ। तर चाढ़-बाढको मुखैमा बन्द खोलीदिए जनतालाई झन ठूलो मर्का पर्नेछ। आफ्नो नियमित बेतन नपाएको, कमानबासीहरुले खर्च नपाएको, ड्राइभर, दैनिक मजदूरी गर्नेहरुको त बन्दको पहिलो दिनदेखिनै आफ्नो आयश्रोत ठप्प भएकोले गर्दा परिवारको हातमुख जोड़न सम्म मुश्किल परिरहेको बेला यो चाढ़-बाड यसै पनि जनतालाई भारी माथि सुपारी मात्र हुन्छ,’ किरण विकेले भने, ‘यस्तोमा बन्द खोलिए चरममा पुगेको आन्दोलनमा बिराम पनि लाग्ने सम्भावना देखिन्छ। यत्रो दिनको बन्दले पनि सरकारलाई चेपारोमा पार्नुभन्दा बेसी आफ्नै जनतालाई नै मर्कामा पारेको छ भने अब बन्द खोलिँदा पनि झन ठूलो आपत आमजनतालाई नै हुने छ। बन्दकै कारण वार्ता भयो। राज्यले गोर्खाल्याण्डको मुद्दाबाट हात उठाइसकेको छ। अब ठूलो रणनीति लिएर त्रिपक्षीय वार्ताको निम्ति दवाब बनाउनुपर्ने बेला हो। बन्द जनताले जारी राख्नुपर्ने छ।’

बन्द खोलाउँदा बङ्गलपन्थी शक्तिहरुलाई नै फाइदा हुने बताउँदै  उनले दसैं तिहारसमेत परित्याग गरेर मुद्दाको निम्ति एकताबद्ध भेको नमूना प्रस्तुत गर्नुपर्ने पनि बताए।

‘यसो भएमा सिलगढीका व्यापारीहरूलाई झन ठूलो धक्का लाग्ने छ। दसैं तिहारमा बन्द खोलिएला र व्यापार गरौंला भइरहेका सिलगढीका व्यापारीहरूलाई दवाब पर्नु वा हानी हुनु सरकारलाई हानी हुनु हो,’ उनले अझ भने, ‘जीएसएसएस सबैलाई अनुरोध र आह्वान गर्दछ, अब आन्दोलनलाई रा,ट्रीय बनाऔं, गोर्खाल्याण्डको लागि राज्य र केन्द्रलाई दवाब पर्ने किसिमकोकार्यक्रम बनाऔँ।’

१० सितम्बरको दिन दिल्लीमा महाअनशन गर्ने अनि जम्मै राज्यहरुमा नै अनशन गर्दै राष्ट्रिय आन्दोलनको मैदान तयार गर्ने पनि बिकेले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया