पर्यटक बनेर सिक्किम छिरे सीआईडीः वारण्ट बिना नै मोर्चा नेताहरू पक्राउः सिक्किम पुलिसले गऱ्यो हस्तक्षेप

गान्तोकः नाम्ची नजिक गोर्खा जनमुक्ति मोर्चाको बैठकलाई लक्ष्य गरेर बङ्गालको सीआईडी टीम पर्यटक बनेर सिक्किम छिरेको सिक्किम पुलिसले खुलासा गरेको छ। दक्षिण सिक्किमका एसपी प्रताप प्रधानले सीआईडी टीम पर्यटक बनेर छिरेको पुष्टी गरेका छन्।

जब सीआईडी टीमले मोर्चाका नेताहरूमाथि धडकपड शुरु गऱ्यो अनि दावा भोटियामाथि गोली ठोक्यो, तब सिक्किम पुलिसले सीआईडीको सारा खेल बुझ्यो।बताइए अनुसार सीआईडीसित उनीहरू सीआईडी नै रहेको आधिकारिक कागजपत्र समेत थिएन। न त मोर्चा नेताहरू पक्राउ गर्ने वारण्ट पत्र, न त सिक्किम पसेर पक्राउ गर्ने सिक्किम प्रशासनले दिएको स्वीकृति।

थाहा पाएपछि सिक्किम पुलिसले सीआईडीलाई हस्तक्षेप गरेको थियो। हस्तक्षेप गर्न अघि नै पक्राउ परेकामध्ये चारजना मोर्चा नेतालाई बङ्गाल छिराइसकिएको थियो।पक्राउ परेका दुइजना मोर्चा नेताहरूलाई सिक्किम पुलिसले सीआईडीलाई बङ्गाल छिराउन दिइएको छैन। सीआईडीलाई पक्राउ परेका नेताहरूलाई बङ्गाल छिराउन न्यायालयको आदेश लिएर आउने अनुरोध गरेको बताइएको छ।

यता सिक्किम पुलिसले दावा भोटियामाथि गोली ठोक्ने बङ्गाल पुलिसका जवानहरूमाथि प्राथमिकी दर्ता गरेको बताइएको छ। सिक्किमको बोर्डर पुलिसलाई राभाङ्गला घुम्न गएको पर्यटक भनेर सीआईटी टीमले झुटो बोलेको पनि सिक्किम पुलिसले खुलासा गरेको छ। उनीहरूले आफ्नो मूल उद्देश्यलाई लुकाएको आरोप पनि सिक्किम पुलिसको छ।

एसपी प्रधान अनुसार उनीहरूको यो अभियानबारे सिक्किम पुलिसलाई कुनै जानकारी थिएन।  यद्धपि हतियारसितै सिक्किम बोर्डरबाट सीआईडी टोली कसरी छिऱ्यो भन्ने प्रश्न भने उठेको छ।

यसै पनि गोर्खाल्याण्डको कुरा उठेदेखि सिक्किम सरकारले समर्थन जनाउँदै आइरहेको छ। सोही आन्दोलनलाई नेतृत्व गरिरहेको दल मोर्चाका नेताहरूलाई पक्राउ गर्न सिक्किम पुलिसलाई कुनै सूचना नदिई छिरेको घटनाले बङ्गाल सरकार र सिक्किम सरकारबीच अर्को समस्या उत्पन्न भएको छ।

हतियारधारी सीआईडी टोली सिक्किम सहजै छिर्नु, एक व्यक्तिलाई गोली ठोकेर मार्नु अनि अनेकौंलाई पक्राउ गर्नुले सिक्किम पुलिसको लचिलोपनको पनि खुलसा भएको छ।

मोर्चा नेताहरूको सिक्किममा पक्राउ गरिएको यो घटना अब दुई राज्यको प्रशासनिक प्रतिष्ठाको सवाल पनि बनेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन