खरसाङ नगरपालिकाको अध्यक्ष कृष्ण लिम्बु र मोर्चा कार्यकर्ता जिग्मी लेप्चा पक्राउ

खरसाङः खरसाङ नगरपालिकाको अध्यक्ष कृष्ण लिम्बुलाई पुलिसले पक्राउ गरेको छ। आज बिहान लगभग ९.३० र १० बजेतिर खरसाङ महकुमा पुलिस अधिकारीको नेतृत्वमा खरसाङबाट पुलिसले पक्राउ गरेको थाहा लागेको छ।

खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बुसितै मोर्चा समर्थक जिग्मी लेप्चालाई पनि पुलिसले पक्राउ गरेको बताइएको छ। दुवैलाई खरसाङ कोर्टमा लगेर केही क्षण राखी सिलगढीतर्फ लगिएको जानकारी प्राप्त भएको छ।

कृष्ण लिम्बुले यसै वर्ष मात्रै गोर्खा जनमुक्ति मोर्चा पार्टीको तर्फबाट चुनाव लडेर बिजय बनी गत २९ मई २०१७ को दिन खरसाङ नगरपालिका अध्यक्षको रूपमा शपथ ग्रहण गरेका थिए। तिनले यो भन्दा अघि पनि खरसाङ नगरपालिकामा अध्यक्षको रूपमा कार्य गरिसकेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन