राज्यल पत्र मेरो नाममा पठायो भने वार्तामा जान्छु- विनय

कालेबुङः विमल गुरूङले 12 सेप्टेम्बरको राज्य सरकारसितको वार्तामा सहभागी बन्ने घोषणा गरेलगत्तै विनय तामाङले प्रतिक्रिया जनाएका छन्।

विमल गुरूङले भनेका छन्, ‘वार्तामा मोर्चा सहभागी हुनेछ, तर विनय तामाङहरूले नेतृत्व गर्ने छैनन्, उनीहरूलाई पार्टीबाट निकालिसकिएको छ।’

जवाबमा विनय तामाङले भनेका छन्, ‘12 को वार्ता त मैले बनाएको बाटो हो, त्यो बाटो मोर्चा हिँड्छ भने हिँडुन्। मेरो नाममा वार्ताको लागि पत्र आएमात्र म वार्तामा जानेछु।’

यद्धपि पार्टीबाट विनय तामाङ अनि अनित थापालाई निकालिएको सन्दर्भमा विनय तामाङ जङ्गिएका छन्। ‘पार्टीको आफ्नै नियम छ, कुनै पनि नेतालाई पहिले शोकज पठाउनुपर्छ। पार्टीबाट निकाल्न अघि पालन गरिनुपर्ने नियम छ, अहिलेसम्म आधिकारिक नोटिश पाइएको छैन,’ तामाङले भने, ‘यसबारे अनित थापा र म मिलेर न्यायालय जानेछौँ।’

उनले आफूमाथि लागेका सम्पूर्ण आरोप आधारहीन रहेको जनाएका छन्। ‘बङ्गालसित मिलेको, पैसा खाएको प्रमाणित गरुन्,’ उनले भने, ‘नगरे चोकबजारमा म जनसभा गर्नेछु र वास्तविकता बताउने छु। जनसभाबाट म धेरै कुरा खुलासा गर्नेछु।’

उनले आफू अहिले पनि मोर्चामा नै रहेको र मोर्चाकै झण्डामुनि सँधै रहने बताएका छन्। ‘मेरो घरमा मोर्चाको झण्डा छ, कसैले त्यो निकालेर हेरोस्,’  उनले भने, ‘मलाई अर्को पार्टी खोल्ने शौक छैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन