वक्तामाथि ढुङ्गामुडाः रोशन गिरीले हामीमाथि षडयन्त्र गर्दैछ-अनित थापाः जनसभा गरेर पर्दाफास गर्छुः विनय तामाङ

खरसाङः ऱ्यालीपछि पथसभा चलिरहेको थियो। पहिलो वक्ता थिए मोर्चाका श्रमिक सङ्गठनका सदस्य प्रणय रसाइली। निक्कै लामो बोलिसकेर उनले दुइवटा कुरा भने, जसको कारण भीडले उनीमाथि ढुङ्गामुढा गऱ्यो।

‘बन्द खोल्नु नखोल्नु अर्कै कुरा हो तर हाम्रो श्रमिकले 2016 को बोनस चाँही पाउनुपर्छ, सायद बन्द खोल्ने निर्णय सही नै थियो होला,’ उनी भनिरहेका थिए,  ‘अनित थापाहरूले गरेको निर्णय पनि सही नै पो थियो कि।’

उनले यहीँदेखि उता बोल्नै पाएनन्, भीड अचानक उत्तेजित बन्यो र रसाइलीमाथि ढुङ्गामुढा भयो। पछिबाट उनले ‘माफ मागेर बोल्छु’ भने तर उनलाई बोल्न दिइएन। भीड उत्तेजित भएपछि सीआरपीका जवानहरू जनसभास्थल दगुरे, यो देखेर मानिसहरू भागरेभाग बन्यो।

पहिलो वक्ता रसाइलीको वयानले उत्तेजना बढेपछि नारी मोर्चाका सावित्री छेत्रीले जनसभा समापन भएको घोषणा गरे।

यता मोर्चाबाट बहिष्कृत नेता अनित थापाले भने टेलिफोनद्वारा आफूहरूले विमल गुरूङको निर्देशनमा नै 29 अगस्तको वार्तामा आफूहरू बसेको किटान गरेका छन्।

‘हामी विमल गुरूङकै निर्देशनमा वार्तामा बसेको आजै प्रमाणित भयो,’ थापाले भने, ‘किन भने 12 सेप्टेम्बरको दिन हुने वार्तामा मोर्चाले सहभागिता दिँदैछ। 29 मा पनि विमल गुरूङको यस्तै निर्देशमा हामी वार्तामा बसेका थियौँ।’

त्यसो हो भने कसरी झमेला भयो त?

उनले यसको निम्ति सोझै रोशन गिरीको नाम लिए।

‘गिरीले दिल्लीमा बसेर पनि केही गरेनन्, तर हामीले दार्जीलिङमा नै बसेर संवादको बाटो बनायौँ। रोशन गिरीले हाम्रो काममा आह्रिस गरेर विमल गुरूङदेखि हामीलाई अलग गर्ने षडयन्त्र गरेका हुन्,’ उनले भने, ‘रोशन गिरी कै कारण अनमोल प्रसाद, त्रिलोक देवान, हर्कबहादुर छेत्री, अमर लामाहरू पार्टीबाट निस्किएका हुन्, रोशन गिरीले हामीलाई विमल गुरूङदेखि अलग गर्ने षडयन्त्र रचेका हुन्।’

यता उनले आफू मोर्चामा नै रहेको बताएका छन्। ‘निकालेको हो भने हामीलाई लिखितमा दिइयोस्,’ उनले भने।

यता विनय तामाङले पनि यसै भनेका छन्। उनले त पार्टीले निष्काषण ऐन तोडेकोमा पार्टीका प्रमुख विरुद्ध न्यायालय जाने बताएका छन् भने उनीहरू बिक्री भएको आरोप प्रमाणित नगरे दार्जीलिङमा जनसभा गरेर मोर्चाका नेताहरूको कर्तुत खुलासा गर्ने चेतावनी पनि दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन