द्विपक्षीय वार्ता सफल नभए त्रिपक्षीयनै होस्- गोरामुमो

दार्जीलिङः राज्य सरकारसित हुने वार्ताहरु फलप्रद नभए केन्द्र सरकारको हस्तक्षेपमा त्रिपक्षीय वार्ता हुनैपर्छ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको यस्तै चाहना छ। आगामी 12 सितम्बरको दिन हुने दोस्रो द्विपक्षीय वार्ता पनि सफल हुनेछैन, यसैले गोरामुमोले अझै 3-4 वटा वार्ता हेर्ने अनि ती वार्ताहरु पनि विफल भए त्रिपक्षीय वार्तानै हुनपर्ने माग उठाउने भएको छ। आज गोरामुमोका प्रवक्ता नीरज जिम्बाले आगामी 12 सितम्बरको दिन गोरामुमोको प्रतिनिधि टोलीले भाग लिने जानकारी गराउँदै उक्त वार्ता पनि सफल नहुनेनै बताए।

उनले भने-गोरामुमोको पहलमानै वार्ता शुरू भएको छ, किनभने गोरामुमोले वार्तामा विश्‍वास गर्छ। यसैले यी वार्ताको माध्यमबाटनै पहाड़ खोल्ने माहौल पनि तयार गर्नुपर्छ। उनले पहाड़ बन्दलाई जनताको बन्द रहेको स्पष्ट भएको बताउँदै यसैकारण विनय तामाङले बन्द खोल्ने घोषणा गर्दा यसको व्यापक विरोध भएको बताए।

यसैबीच, उनले गोजमुमोलाई जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-लाई पनि सशक्त बनाउने अपील गर्दै भने-जीएमसीसीको गठननै गोजमुमोले गरेको हो अनि अहिले गोजमुमोभित्रनै विवाद खड़ा भएको छ। तर यो उनीहरुको आन्तरिक मामिला भएको कारण यसमाथि गोरामुमोलाई भन्नु केही छैन। तर गोर्खाल्यान्डको लागि गठन भएको जीएमसीसीलाई दह्रिलो बनाउने दायित्व पनि गोजमुमोकोनै हो, यसैले गोजमुमोले यसबारे शीघ्र बैठक बोलाएर उचित पहल गर्नपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन