बन्द: अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटीले ग-यो गाड़ी नचलाउने अपील

दार्जीलिङ: अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटीले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका विभिन्न इलाकामा अधिक गाड़ीहरुको चलाचल भइरहेको आरोप लगाउँदै कुनै स्थानमा गाड़ी तोड़फोड़को घट्ना भए कमिटी जिम्मेवार नहुने बताएको छ।

अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटीका अध्यक्ष नर्बु लामाले भने, “गोर्खाल्यान्ड आन्दोलनको फलस्वरूप हाल पहाड़ बन्द चलिरहेको छ। सबै बजार, स्कूल-कलेज, चियाबगान अनि यातयात सेवा बन्द छन्। यस बन्दको अवधि गोजमुमोले आवश्यक सेवाहरु जस्तै बिरामीको गाड़ी वा एम्बुलेन्स, पानी, दूध, अग्निशमन विभाग आदिका गाड़ीहरुलाई छूट दिएको छ। तर अहिलेघरि दार्जीलिङ पहाड़का अधिकांश स्थानहरुमा अधिक गाड़ीहरुको चलाचल भइरहेको छ। यसैले गाड़ी चालक अनि गाड़ी मालिकहरुले गोर्खाल्यान्डको यस आन्दोलनलाई सहयोग गर्नको लागि गाड़ी नचलाएको उचित हुनेछ। यदि यस बन्दको अवधि कसैले ती गाड़ीहरुमाथि आक्रमण गरे अनि तोड़फोड़ मच्चाए अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटी जिम्मेवार हुनेछैन”।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया