दबाई पानीमा विष्फोटक बनाउने कारखानाः विमल गुरूङ लगायत 10 जनालाई लगायो राष्ट्रदोहीको मुद्दाः एकको पक्राउ

दार्जीलिङः दार्जीलिङ पुलिस अधिक्षक अखिलेश चतुर्वेदीले लेबोङ नजिक दवाईपानीमा विष्फोटक बनाउने कारखाना भेटेको दाबी गरेका छन्। धेरैवटा विष्फोटक बनाउने सामाग्री उद्दार गरिएको पनि चतुर्वेदीले बताएका छन्।

विष्फोटक बनाएको आरोपमा दबाईपानी कै रजनी राई ( 28 वर्ष) लाई पक्राउ गरिएको छ।

‘हिजोदेखि नै गुप्त सूचनाको आधारमा यस क्षेत्रमा हामीले छापा लगाइरहेका थियौं,’ चतुर्वेदीले भने, ‘एउटा आईडी बनाइसकेको थियो, त्यही बोकेर एकजना भागेका छन्। एकजनालाई पक्राउ गरिएको छ। सामाग्रीहरू उद्दार गरिएको छ।’

चतुर्वेदीले आफूहरूले विष्फोटक बनाउन प्रयोग हुने ढिँडो, जिलेटिन, थ्रीनटथ्रीका तीनवटा गोली, डेटोनेटर, रडका 77 वटा टुक्राहरू, धनुकाँडको काँड, बम्फोक, तार इत्यादि जफ्त गरिएको बताएका छन्। यसबाहेक मोर्चाको एउटा झण्डा, लेबोङ-बदमताममा सभा गरिएका कागजहरू पनि पाइएको बताएका छन्।

‘साधारण मानिसले विष्फोटक बनाएका होइनन्, हाम्रो अनुमान छ उनीहरू नर्थइष्टबाट ट्रेनिङ लिएर आएका हुन्,’ चतुर्वेदीले भने, ‘यस्ता कारखाना धेरै ठाउँमा सञ्चालन भइरहेको छ। मिरिक, 6 माइल लगायत धेरै ठाउँमा विभिन्न ठाउँमा बनाइएको विष्फोटक प्रयोग गरिएको अनुमान गरिएको छ।’

उनले विष्फोटक बनाउने मास्टर माइन्ड विमल गुरूङ बताएका छन् भने गुरूङ लगायत, प्रकाश गुरूङ, शेखर राई, भाष्कर राई, लेबोङ-बदमताम युवा मोर्चा अध्यक्ष पुरण तामाङ र उनको पत्नी विमला तामाङ, पातलेबासका पुकार सुब्बा, दबाईपानीका प्रदीप थापालगायत मोठ 10 जनालाई राष्ट्रद्रोहीकोरूपमा मुद्दा लगाइएको पनि चतुर्वेदीले बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन