जबसम्म कलबुर्गी, गौरीहरू जिउँदा छन्, यो घटना दोहोरिरहनेछ

Girl in a jacket

बेङ्गलुरुका वरिष्ट पत्रकार गौरी लङ्केशलाई गोली हानी हत्या गरिएपछि बङ्गलुरूकै कवि अरिफ राजासित खबरम्यागजिनले गरेको कुराकानीको अंश-

अरिफ, पहिले कलबुर्गी, अहिले गौरी, बारम्बार अभिव्यक्ति दबाउने यस्तो घटना किन दोहोरिइरहेको छ?

पाब्लो नेरुदाले भनेकै छन्, तिमी फूल चुँड, बसन्त चुँड्न सक्दैनौं। यसपल्ट पनि त्यही फुल चुँढ्ने काम भयो। यसको अर्थ  यो होइन कि कलबुर्गी र गौरीको आवाज दबियो, बरु अझ उनीहरूको आवाज एकिकृत र मुखर बनेको छ। म दुःखी छु कि गौरी लङ्केशको हत्या गरियो, तर प्रोग्रेसिव थट र यसले समाजलाई दिने विचारदेखि उनीहरू कति डराइरहेको छ भन्ने कुराले खुशी पनि छु।

कलबुर्गी र गौरीको बाटो हिँड्ने पुस्ता अघिबाट नै तयार भइसकेको छ। कतिलाई उनीहरूले गोली ठोक्लान र?

घरिघरि किन एउटै घटना दोहोरिरहेको छ?

सांस्कृतिक फासीवादी, कट्टरपन्थी हिन्दुत्ववादीहरू वास्तवमा प्रतिरोधी विचारकहरूको हत्या गरेर उनीहरूको विरुद्धमा प्रतिबद्ध बनेकाहरुको दिमागमा आतङ्क सिर्जना गर्न चाहान्छन्, ता कि आउने पुस्ता उनीहरूको बाटोको अङ्कुश नबनोस्। गौरीको जुन पत्रिका थियो, त्यसमा विज्ञापन थिएन। उनीहरूको एउटा समूहले त्यो चलाउँथ्यो। कम्युनल हार्मनी फोरम-पनि उनीहरू सञ्चालन गरिरहेका थिए। दक्षिणपन्थी विचारधारावाला सङ्गठन र केही नेता उनको प्रतिरोधसित खुसी थिएनन्।

हालैमा पनि उनलाई मानहानीको मुद्दा लगाइएको थियो। यद्धपि गौरी आफ्नो विचारमा स्थिर थिइन्। कलवुर्गीको हत्यापछि अझ धेरै प्रोग्रेसिव राइटर, एक्टिभिष्ट उनीहरूको तारोमा छँदैछन्। वास्तवमा कलबुर्गीको हत्यापछि प्रोग्रेसिव सर्कल अझ प्रतिबद्ध बन्यो। उनीहरूविरुद्ध दक्षिणपन्थीहरू सँधै आक्रमक बन्दै आइरहेका छन्।

समाजलाई सही कुरा भन्दिने कोही पनि उनीहरूको दुश्मन हो। उनीहरू विचारदेखि डराउँछन्। उनीहरूले गौरीको हत्या गरिए गौरी लङ्केश पत्रिके र कम्युनल हार्मनी फोरम निष्क्रिय बन्छ भनेरमात्रै त सोचेका छैनन्, तर प्रतिबद्ध लेखक समाजमा आतङ्क पनि सिर्जना गर्न चाहान्छन्। यसै कारण घरिघरि एउटै घटना दोहोरिरहेको छ अनि जबसम्म कलबुर्गी, गौरीहरू जिउँदा छन्, यो घटना दोहोरिरहनेछ।

के त्यसो हो भने यस्ता घटना दोहोरिरहोस्?

कर्नाटक, बेङ्गलुरूमा मात्र होइन, यस्ता घटना त देशैभरि छ। गौरीको हत्या विचारधाराको लडाईँको कारण नै भएको हो र यो लडाईँ त देशभरि नै छ। फासीवादी विचारधारालाई राष्ट्रको केन्द्रिय विचारकोरूपमा संस्थापन गर्न अनेकौं कट्टरपन्थीहरूले सङ्गठन सञ्चालन गरिरहेकै छन्। उनीहरूको विचारविरुद्ध जो कोही पनि अघि आउँछन्, उनीहरूको हत्या गर्ने त परम्परा नै बनिससक्यो। हामीले यस्तै परम्पराहरूसित निरन्तर लडिरहनै पर्छ।

अन्धविश्वास, जडता र सत्तालाई ढाल्न प्रगतिशिल विचारकहरूको हतियार बन्दुक होइन, विचार हो भन्नेबारे उनीहरू पनि जान्दछन् त्यसकारण उनीहरू पनि आफ्नो समाजमा विचारको स्थापनाको निम्ति लडिरहेका हुन्, तर उनीहरू विचारसित लड्न आफूसित सक्षम विचार नभएपछि नै बन्दुक उठाउछन्, जो सङ्घीय समाजको लागि खतरा हो। अल्पसंख्यक, आदिवासी, नारी सबै तब्काको लागि खतरा हो भन्न कसैले पनि साङ्गठनिकरूपले काम गर्न थाल्छन्, उनीहरूलाई नष्ट गर्ने कोशिश गरिन्छ।

बेङगलुरु कट्टरपन्थी विचारधाराहरूको हानिकारक जडता बनिसकेको छ, त्यसलाई तोड्न अभिव्यक्तिको लडाईँ लड्नेहरूले सँधै दुखै पाएका छन्। यो सङ्घर्ष त निरन्तर नै हुनेछ।

त्यहाँका सर्जकहरू त्यसको विरोधमा कसरी उत्रिएका छन्?

कलबुर्गीको हत्या पछि उनैको नाममा न्यायको लागि लड्ने एउटा फोरम बनाइएको छ, त्यसैमा विभिन्न क्षेत्रमा मानिसहरू एकबद्ध छन्। न्यायको लागि सर्जकहरू सडक ओर्लिएका छन्। यो केवल बेङ्गलुरू वा भारतको मात्र सवाल होइन। गोली त शरिरलाई लाग्ने हो, विचारलाई त लाग्दैन। विश्वरिका प्रतिबद्ध प्रोग्रेसिव समाज यो खाले घटनाको विरोधमा उठ्नुपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया