नगरपालिका अध्यक्षको रिहाईको मागमा जुटे नगर पार्षदहरू

खरसाङ: खरसाङ नगरपालिकाका पार्षदहरूद्वारा बुधबार नगरपालिका अध्यक्षको रिहाईको मागमा खरसाङ महकुमा शासकलाई डेपुटेशन दिएका छन्।

खरसाङ नगरपालिका उपाध्यक्ष ब्रिगेन गुरुङको अगुवाईमा जम्मा १६ जना नगर पार्षद-पार्षदिकाहरुद्वारा खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्यलाई ज्ञापन चढाएका छन्।

उक्त ज्ञापनमा नगरपालिका अध्यक्षको पक्राउले नगर पार्षदहरू चकित र मर्माहत बनेको र उनको पक्राउले नगरपालिकाका कतिपय आवश्यक कार्यहरुमा पनि असर पर्न जाने सम्भावना रहेको जनाउँदै रिहाईको माग गरिएको छ।

डेपुटेशनपछि महकुमा शासक देवाशिष चट्टोपाध्यले आफ्नो तर्फबाट सहयोग गर्ने तथा माथिल्लो तहमा यसको माग लगिदिने पनि आश्वासन दिएको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बुलाई गत २ सेप्टेम्बरमा पुलिस प्रशासनले पक्राउ गरेको थियो। तिनको पक्राउले साधारण जनतालाई पनि डर भएको बताउँदै नगर पार्षद पार्षदिकाहरुले यसको विरोध गर्दै रिहाईको माग गरेका हुन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन