20 प्रतिशत बोनसको माग

दार्जीलिङः गोरामुमोको श्रमिक संगठन हिमालयन प्लान्टेशन वर्कर्स युनियनले दार्जीलिङ पहाड़का चियाश्रमिकहरुलाई दशैंअघिनै 20 प्रतिशतको दरले बोनस प्रदान गर्नुपर्ने माग उठाएको छ। युनियनका अध्यक्ष एनके कुमाईले यसबारे युनियनको एक बैठक भएको अनि बैठकमा 20 प्रतिशतकै दरले बोनस दिनुपर्ने छलफल गरिएको बताए।

उनले भने-दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनसबारे बैठक दार्जीलिङमानै हुने चलन छ र यसपालीको बोनस बैठक पनि दार्जीलिङमानै हुनपर्छ। यति मात्रै होइन, यसपाली चियाश्रमिकहरुले पाउने बोनस गत वर्षको आमदानीको हिसाबमा प्रदान गरिन्छ।

गत वर्ष दार्जीलिङ पहाड़मा कुनै बन्द थिएन अनि चियाबगानहरुको काममा कुनै बाधा पनि थिएन। यसैले चियाश्रमिकहरुको बोनस दरमा कुनै कटौती गर्न हुँदैन अनि पहाड़का चियाश्रमिकहरुलाई 20 प्रतिशतको दरलेनै बोनस दिनुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन