बन्द खुलाउन प्रशासनिक पहल कालेबुङमा पनि शुरुः  जिल्ला प्रशासनले गऱ्यो स्कूल, व्याङ्क र व्यापारीहरूसित बैठक

प्रज्ज्वल छेत्री/ कालेबुङ

तीन महिनादेखि अनिश्चितकालीन बन्द रहेको दार्जीलिङ पहाडको जनजीवन सामान्य रूपमा फर्काइल्याउन राज्य सरकारले हरसम्भव प्रयास गरिरहेको छ। आज पुनः कालेबुङ जिल्ला प्रशासनले बन्द खोलाउने आग्रह गर्दै जिल्लाभरिका स्कूल प्रमुख, व्याङ्क पक्ष अनि व्यापारीहरूसित छुट्टा-छुट्टै बैठक गरेको छ। कालेबुङ जिल्लापाल कार्यालयमा भएको यस बैठकलाई जिल्ला प्रशासनले सकारात्मक बताउँदै भोलिदेखि स्कूल, व्याङ्क अनि दोकानपाठरहरू खोल्न जिल्ला प्रशासनले सुरक्षा व्यवस्था प्रदान गर्ने आश्वस्त गराएको छ।

‘बन्द खोलाउन साधरण मानिसहरूको विभिन्न फोरमहरूबाट गुनासो आइरहेको थियो, यसैले हामीले स्कूलपक्ष, व्याङ्क अनि व्यापारीहरूलाई लिएर बैठक गऱ्यौँ’-बैठकलाई सकारात्मक बताउँदै जिल्लापाल डा. विश्वनाथले भने,  ‘पोजिटिभ डायलग शुरू भएको छ, बन्द खुलाउन हामी उनीहरूलाई उचित सुरक्षा व्यवस्था प्रदान गर्नेछौँ।’

उनले दोकानपाट अनि ब्याङ्कहरूसितै शैक्षिक संस्थानहरू पनि खोल्न जरूरी रहेको बताए। उनले बिना यूनिफर्म नै विद्यार्थीहरू स्कूल आइरहेको भन्दै पहाडका अधिकांश स्कूलहरूमा कोचिङको नाममा नवौँ अनि दशौँ कक्षाको सञ्चालन शुरू भइसकेको बताए। अब पूर्ण रूपमा स्कूल शुरू गर्नुपर्ने अनुरोध गर्दै उनले विद्यार्थीहरूलाई स्कूल आउन-जानका निम्ति पनि उचित सुरक्षा व्यवस्था प्रदान गर्न जिल्ला प्रशासन तत्पर रहेको बताए।

‘सबै स्कूलहरू खुल्ला हुनुपर्छ, नानीहरूको भविष्य जोखिममा हाल्नु हुँदैन’-जिल्लापाल विश्वनाथले भने, ‘शिक्षा व्यवस्था व्यवस्थित रूपमा चल्नुपर्छ।’

जिल्ला प्रशासनले आजको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै ब्याङ्क, शैक्षिक संस्थान अनि व्यापारिक प्रतिष्ठानहरू खुलाउन सम्बन्धित पक्षहरू आग्रही रहेको बताएपनि अर्कोतिर सन्बन्धित पक्षहरूले सुरक्षाको प्रश्न उठाउँदै बन्द खोल्न नसक्ने दिशातर्फ सङ्केत गरेका छन्।

‘यदि सरकारी बस् चल्न थाल्यो भने, व्याङ्क खुल्ल्ला भयो भने, हाम्रो बजार आफैआफ नर्मल हुन्छ’-च्याम्बर अफ् कमर्सका कियरटेकर नरेन्द्र सोमानीले भने, ‘सबै सामान्य भए हामी पनि खोल्न तयार हुन्छौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन