हू केयर्सको गाडी तोडफोडः एक पक्राउ

कालेबुङः सामाजिक संस्था हू केर्यसको गाडी राखेकै ठाउँमा तोडफोड गरिएको छ। तोडफोड गर्ने इष्टमेन्ट रोड निवासी माथहत्ता कालिकोटेलाई पुलिसले पक्राउ गऱ्यो।

हू केयर्सका प्रमुख एरोन योञ्जनको घर नजिक सडकमा राखिएको हू केयर्सको गाडी 6 बजी बिहान क्षतिग्रस्त अवस्थामा देखियो। गाडी तोडफोड भएको पत्तो लागेपछि हू केर्यसका युवाहरूले यसबारे सोधखोज गरे।

इष्टमेन रोड निवासी माथहत्ता कालिकोटेले गाडी तोडफोड गरेको थाहा लागेपछि संस्थाका युवकहरूले कालिकोटेलाई पक्रिएर पुलिसलाई जिम्मा लगाए।

बताइए अनुसार कालिकोटेले नै स्थानीय ललित सिंहको स्कूल भ्यान पनि तोडफोड गरेका थिए, कालिकोटेलाई पुलिसले गैरजमानति मुद्दा लगाएको छ।

हू केर्यसका गाडी बन्दमा पनि कुदेको कारण तोडफोड गरेको कालिकोटेले पुलिसलाई वयान दिएको पुलिसले बताएको छ। एरोन योञ्जनले भनेअनुसार संस्थाको उक्त गाडी बन्दपीडितहरूलाई राहत पुऱ्याउनमा प्रयोग हुँदैथियो। अहिलेसमम्म हू केर्यसले 63 वटा ठाउँमा खाद्यान्न पुऱ्याइसकेको छ भने राहत वितरण कार्यलाई जारी राखेका छन्।

राहत वितरण गर्नको निम्ति उक्त गाडी चलाउन आन्दोलनकारी नेतृत्वहरूबाट लिखित अनुमति पनि लिइएको थियो।

‘बन्दको कारण धेरै ठाउँमा खाद्यान्नको सङ्कट छ,’ एरोनले भने, ‘यही गाडीमा हामीले सङ्कटक्षेत्रमा राहत पुऱ्याइरहेका थियौँ।’

एक सामाजिक संस्थालाई तारो बनाउनु सही नहुने बताउँदै एरोनले भने, ‘गाडी फुटाएकोसम्म भए त ठिकै थियो, तर कालिकोटे खुकुरी बोकेर मेरो घरमा पनि घुसेका थिए। हामीले ज्यान जोगाउनको निम्ति काम गरिरहेका छौं, तर ज्यान गोजाउनको निम्ति काम गरिरहेकाहरूकै ज्यान लिन हतियार बोकेर घरैमा छिर्नु त दादागिरी हो, हामी कठोर शब्दमा यसखाले प्रवृतिको विरोध गर्छौँ।’

उनले उनलाई व्यक्तिगतरूपले आक्रमण गर्ने र गाडी तोडफोड गर्नेलाई कठोर कानूनी कार्वाही हुनुपर्ने माग त गरेकै छन्, कालिकोटेलाई यस्तो काम गर्न उस्काउनेहरूलाई पनि कार्वाही हुनुपर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन